FLASH NEWS
  • Loading...

बेनीको बाह्रौँ नगरसभाः ७८ करोडको संसोधित बजेट पारित

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२५ पटक पढिएको
बेनीको बाह्रौँ नगरसभाः ७८ करोडको संसोधित बजेट पारित

म्याग्दीको बेनी नगरपालिकाको बाह्रौँ नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ ।

बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख बिनियोजन भएकोमा थप भएको शशर्त अनुदान र कार्यपालिका बैठकबाट बिनियोजन गरिएको रु. पाँच करोड सात लाख ८६ हजार १४३ समावेश गरि रु. ७८ करोड २९ लाख ८६ हजार १४३को बजेट प्रस्ताव गरेकी थिइन।

चालु तर्फ रु. ४९ करोड २७ लाख ९८ हजार र पुजिगत तर्फ रु. २९ करोड १ लाख ८८ हजार १४३ प्रस्तावित बजेट पारित भएको हो ।

सभाले सार्वजनिक बक्यौता तथा भाडादर निर्धारण समितिका संयोजक उत्तम कुमार कर्माचार्यले जानकारी गराउनुभएको निर्णय र न्यायिक समितिका सदस्य रत्नबहादुर जिसीले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन पनि पारित भएको छ ।