- Loading...
बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण फैलियाे, तीन सयबढी बंगुर मरे
- पुनहिल डट कम
- १ साल अघि
- २०२ पटक पढिएको
![bangur-2 बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण फैलियाे, तीन सयबढी बंगुर मरे](https://www.punhill.com/wp-content/uploads/2022/12/bangur-2.jpg)
देशका विभिन्न स्थानमा बंगुरमा देखा परेको ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका अनुसार सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा बंगुरमा सङ्क्रमण फैलदा ३ सयभन्दा बढी बंगुर मरेका छन । बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताए।
पहिलो पटक अन्नपूर्ण गाउँपालिका–२ मा रहेको बंगुर फार्ममा पोखराबाट ल्याइएका बंगुरमा अन्वेषण परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । यहाँका ४० भन्दा बढी बंगुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखा सहितको टोलीले अनुगमन गरेको थियो । बंगुर फार्मबाट लैजाने मासु पसल सहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ ।
बंगुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि ६–६ महिनामा बंगुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख आचार्यको भनाई छ ।
बेनी नगरपालिका–७, मंगलाघाटमा साढे २ सय बंगुर मरेको अवस्थामा भेटिएको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । पशु सेवा शाखाको अनुसार,रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामेको ५, टकबहादुर बुढाथोकीको ६५ वटा, टिका रोकाको २६ वटा पूर्वराज घर्तीको ७ वटा बंगुर मरेको विवरण संकलन भएको छ ।
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)
ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी
![ओ ! सुनगाभा](https://www.punhill.com/wp-content/uploads/DSC01714-500x350.jpg)