- Loading...
बेनी–जोमसोम सडक विस्तार झन सुस्त
- पुनहिल डट कम
- २ साल अघि
- १८५ पटक पढिएको

सरकारको प्राथमिकतापूर्ण गौरवको योजना मध्यको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला अर्न्तरदेशिय सडकको काम झन झन सुस्त भएको छ ।
अधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम पुरै ठप्प छ । आयोजनाको सुरु विन्दु गलेश्वरदेखी मुस्ताङसीमावर्ती घाँसासम्मको ४० किलोमिटर (पहिलो र दोस्रो प्याकेज) सडकको काम पनि ठप्प प्रायः छ । गत दशैंयता गलेश्वर छेउमा ८–१० जना मजदुरल रिटेनिङ वाल लगाउने काम बाहेक कुनै भएको छैन ।
‘बेनी–जोमसोम–कोरोला सडकको पहिलो खण्ड अर्न्तगत बेनी–जोमसोम ७६ किलोमिटरमध्य मुस्ताङ तर्फको ३८ किलोमिटर क्षेत्रमा अधिक चिसोले काम रोकिएको छ । म्याग्दी तर्फको ३८ किलोमिटर क्षेत्रमा काम ठप्प त नभनौं तर अति सुस्त काम भएको छ’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘दशैं मनाउन गएका मजदुर निर्वाचनको कारण देखाएर रोकिए, अहिले चिसो छ भनेर फर्केका छैनन । हामीले ब्यवसायीलाई प्रेसर गरिरहेका छौं ।’
आयोजना प्रमुख प्रजापतिले थपे, ‘फिल्डमा देखिनेगरी काम नभएपनि बेनी–घाँसासम्मका खण्डमा सडक विस्तार गर्न टेक्निकल समस्या पनि छ । भिरकाटेमा सुरुङ मार्ग बनाउन अध्ययनजारी छ भने रुप्सछहरामा अघिल्लो बर्ष बाढीले बगाएको मोटरेवल पुलको डिजाइनपछि ठेक्का लगाएका छौं, सम्झौता गर्न बाँकी छ ।’
आयोजनाका अनुसार गत वर्षदेखी थपिएको पर्वतको मालढुङ्गा–बेनी १३ किमी र बेनी–गलेश्वर ३ किमी सडकमा पनि काम भैरहेको छ । नालीको पानी पन्छ्याउने विषयमा स्थानियको अवरोध गरेपछि काम प्रभावितहुँदा ठेक्का लगाएको दुई वर्षमा ३५ प्रतिशत काम सकिएको आयोजनाले दावी गरेको छ ।
आयोजना प्रमुख जगत प्रजापतिले दिएको जानकारी अनुसार मालढुङ्गा–बेनी ३५ प्रतिशत, बेनी–गलेश्वर खण्डमा ठेक्का प्रकृयामा रहेको, गलेश्वर–तातोपानी पहिलो प्याकेजमा ७० प्रतिशत, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६५ प्रतिशत, घाँसा–कैकुखोला तेस्रो प्याकेज सतप्रतिशत र कैकु–जोमसोम सडकमा ६८ प्रतिशत काम सकिएको छ । ०७६ मंसिर भित्रै सक्नेगरी बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई ठेक्का लागेको भएप्नि सडक विस्तार, उन्नत र कालोपत्रे गर्ने काम ढिलो भैरहेको छ ।
‘मुस्ताङ तर्फको दुई प्याकेजको कटिङ, फिलिङ, रिटेनिङवाल, नालीको काम सकिएको छ । गर्मी मौषम सुरु भएर कालोपत्रे गर्न योग्य तापक्रम पुग्ने वित्तिकै कालोपत्रे गर्नेगरी ठेकदारलाई तयारी बस्न भनेका छौं’ आयोजना प्रमुख प्रजापतिले भने, ‘म्याग्दी क्षेत्रको दाना खण्डमा अघिल्लो र यस वर्ष ठूलाठूला बाढीपहिरोले सडकमा धेरै क्षति पुर्याएकोले ब्यवसायीले प्रगति देखिनेगरी काम गर्न सकेनन । पहिरोमा अझै धेरै काम बाँकी छ । यो हिउँदा ब्यवसायी परिचालिन हुन सके म्याग्दी खण्डमा पनि यो वर्ष धेरै भाग कालोपत्रे गर्छौ ।’
म्याग्दी खण्डमा गलेश्वर–बेगखोला (कुनौटो) ७ किलोमिटर सडक विडिएसडी प्रविधीको कालोपत्रे गर्न गरिएको भएप्पनि बर्खाको भेलबाढी र पहिरोले क्षति पुर्याएको ठेकदार कम्पनी ओमकारेस्वर कन्ट्रक्सनले जनाएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गरिएको यो पहिलो कालोपत्रे हो । *कान्तिपुरमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
