- Loading...
बेनी नगरपालिका तेस्रो राष्ट्रपति शिल्ड पुस १७–१९ हुने
- पुनहिल डट कम
- २ साल अघि
- ६१३ पटक पढिएको

बेनी नगरपालिकाले यही पुस १७–१९ गतेसम्म बेनीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ०७९ संञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले मंगलवार पत्रकार सम्मेलन गरी नगरपालिका स्तरिय तेस्रो राष्ट्रपति शिल्ड प्रतियोगिता संञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रतियोगितामा छात्र/छात्रा भलिवल, एथलेटिक्स तर्फका एक, दुई, चार, आठ सय र पाँच हजार मिटर दौड, एक/एक तथा चार/चार रिले दौड, सटफुट, हाईजम्प, लङ्गजम्प र ट्रिपलजम्प, कपर्दी र मार्सल आर्टका खेल समावेश गरिने भएको छ । तर कुनै पनि विधाका खेल प्रतियोगितामा ५ टिम (विद्यालय) भन्दा न्युन सहभागिता भए उक्तखेललाई प्रतियोगितामा समावेश नगरिने भएको छ ।
‘निजी क्षेत्रका तथा सदरमुकाम बेनीका विद्यालयमा मात्र तेक्वाण्डो, कराँते लगाएत मार्सल आर्टस तर्फका खेलमा सहभागिता हुने र सोही खेलको अङ्कको आधारमा शिल्ड जित्ने परिस्थिती हुँदा ग्रामिण भेगका विद्यालय जहिल्यै हार्ने अवस्था नआवस भनेर कुनै पनि खेलमा कम्तीमा ५ टिम पुरा नभै प्रतियोगितामा सहभागी नगराउने निर्णय गरेका हौं’ पत्रकारसम्मेलनमा बोल्दै नगरप्रमुख सुरत केसीले भने, ‘सवै प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर १८ बर्ष मुनीको हुनु पर्ने, १३ गतेसम्म सवै विद्यालयले खेलाडीको नाम दर्ता गर्नु पर्ने र १४–१५ गते खेलाडीको छानविन गरिने छ । प्रतियोगिताको करिव ८० प्रतिशत तयारी पुरा भएको छ ।’
प्रतियोगितामा छात्र/छात्रा भलिवल खेलको संयोजकमा बेनी नपा, ७ का वडाध्यक्ष रमेश श्रेष्ठ, एथलेटिक्समा वडा ६ का कृष्णसिं बानियाँ, कपर्दीमा ८ नम्बरका वडाध्यक्ष उत्तम कर्माचार्य र मार्सल आर्टस तर्फका खेलमा ९ नम्बर वडाध्यक्ष चक्र केसी संयोजक रहेका छन ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरण अनुसार भलिवल न्यूवेष्ट पोईन्टमा, एथलेटिक्सका खेल बेनी खेलमैदानमा, कपर्दी र मार्सल आर्टसका खेल बेनी कभर्ड हलमा संञ्चालन गरिने छ । कभर्ड हलमा खेल प्रतियोगिता जुधेको अवस्थामा कपर्दीलाई बेनी सामुदायीक माविमा संञ्चालन गर्ने गरी रिजर्भमा राखिएको छ ।
प्रतियोगितामा विजेतालाई कती पुरस्कार दिने भन्ने बुधवार नगरपालिका कार्यपालिका बैठकले तय गर्ने बताइएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
