- Loading...
माओवादी अध्यक्ष दाहाल तेस्रो पटक प्रधानमन्त्री
- पुनहिल डट कम
- २ साल अघि
- १५८ पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन्।
उनी नेकपा (एमाले) लगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री भएका हुन्। उनलाई सात दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर ढकालले विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेको जनाइएको छ। प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।
दाहाललाई नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँगै स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन्। प्रतिनिधि सभामा एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। त्यस्तै, तीन जना स्वतन्त्र सांसदसहित दाहाललाई १६९ जना सांसदको समर्थन पुगेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
