- Loading...
कोरोना कहर : सातामा विश्वभर ३६ लाखमा देखियो संक्रमण, १० हजार बढीको मृत्यु
- पुनहिल डट कम
- २ साल अघि
- १९४ पटक पढिएको

एजेन्सी । नेपालमा कोरोना संक्रमण लगभग नियन्त्रण भएका बेला छिमेकी देश चीनसहित जापान, अमेरिका जस्ता विश्वका विकसित देशमा यसको संक्रमण बढेको छ । पछिल्लो एक सातामा संसारभर ३६ लाख कोरोना संक्रमण थपिएको बताइएको छ ।
साता भित्रै १० हजार व्यक्तिले कोरोनाकै कारण ज्यान गुमाएको उल्लेख छ ।
पछिल्लो समय कोरोना संक्रमणले तिब्रता लिएको देशहरुमा जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल तथा जर्मन, दक्षिण कोरिया लगायतका देशहरु मुख्यरुपमा देखिएका छन् । यसबाहेक चीनमा पनि संक्रमणले तिब्रता पाएको बताइएको छ । यद्धपी त्यहाँबाट एकिन तथ्यांक आउन सकेको छैन् ।
कहाँ कति संक्रमण ?
पछिल्लो सात दिन विश्वभर ३६ लाख ३२ हजार १०९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक सातामा जापानमा मात्रै १० लाख ५५ हजार ५७८ जनामा संक्रमण भेटिएको छ ।
दक्षिण कोरियामा ४ लाख ६० हजार ७६६ जना, फ्रान्समा ३ लाख ८४ हजार १८४ जनामा, ब्राजिलमा २ लाख ८४ हजार २०० जना, अमेरिकामा २ लाख ७२ हजार ७५ जना, जर्मनीमा २ लाख २३ हजार२२७ जना, हंङकङमा १ लाख ८ हजार ५७७ जना र ताइवानमा १ लाख ७ हजार ३८१ जनामा संक्रमण पाइएको छ ।
७ दिनमा १० हजारको मृत्यु !
जापानमा कोरोना संक्रमणबाट पछिल्लो ७ दिनमा १ हजार ६७० जनाको मृत्यु भएको छ । अमेरिकामा पनि १ हजार ६०७ जना ज्यान गएको छ । दक्षिण कोरियामा ३३५ जना, फ्रान्समा ७४७, ब्राजिलमा ९७३ जना, जर्मनीमा ८६८ जना, हंङकङमा २२६ जना, ताइवानमा २०३ जना र इटालीमा ३९७ जनाको मृत्यु भएको बताइएको छ ।
विज्ञहरुले यही अवस्था रहेमा र थप सतर्कता अपनाउन नसके सन् २०२३ मा कोरोनाको अर्को विस्फोट हुन् सक्ने चेतावनी दिएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
