- Loading...
अनलाइनमा गणित सिकाउने निःशुल्क ५ साइन्टिफिक क्याल्कुलेटर
- पुनहिल डट कम
- २ साल अघि
- १८२ पटक पढिएको

णित सम्बन्धी समस्या हल गर्न हामी क्याल्कुलेटर प्रयाेग गर्छाैं । बजारमा विभिन्न प्रकारका क्याल्कुलेटर उपलब्ध छन् । इन्टरनेटकाे सहज उपलब्धताका कारण अहिले अनलाइन क्याल्कुलेटरहरु पनि प्रशस्तै फेला पार्न सकिन्छ ।
त्यसाे त अहिले माेबाइल, ल्यापटपजस्ता ग्याजेटमा क्याल्कुलेटर बिल्ट-इन (built-in) रूपमै उपलब्ध हुने गर्छन् । तर त्यस्ता क्याल्कुलेटरहरुमा सीमित मात्र फिचर हुने गर्छन् । आधारभूत वा परम्परागत क्याल्कुलेटरहरूबाट गणितका जटिल हिसाबहरु गर्न अलि सम्भव छैन ।
१. जियाे जेब्रा (GeoGebra)
यस क्याल्कुलेटरमा गणितका कम्प्युटेसन (computations), ट्रिगाेनाेमेट्रिक (trigonometric), स्टाटिस्टिकल (statistical), एक्स्पाेनेन्सियल (exponential), लोगारिदम (logarithms) जस्ता कार्य गर्न सकिन्छ ।
याे क्याल्कुलेटरमा इन्पुटका लागि अङ्क (123 keyboard), अक्षर (ABC keyboard) र फङ्सन (f(x) keyboard) गरी तीन प्रकारका किबाेर्ड उपलब्ध छन् । त्यस्तै यसमा गणित सम्बन्धी विभिन्न स्राेतहरु पनि उपलब्ध छन्, जहाँबाट गणित सिक्न पनि सकिन्छ । यस क्याल्कुलेटरकाे एन्ड्राेइड र आईओएस एप पनि रहेकाे छ ।
२. डेसमोस (Desmos)
गणितकाे जटिल प्रकारका हिसाब गर्नका लागि याे पनि उत्कृष्ट क्यालकुलेटर हाे । याे क्याल्कुलेटरकाे किबाेर्डमा गणितका साधारण अपरेसन देखि ट्रिगाेनाेमेट्री, एक्पाेनेन्ट्स (exponents) आदिका लागि भाग छुट्टाइएकाे छ । याे क्याल्कुलेटरकाे क्वार्टी किबाेर्ड (qwerty Keyboard)मा विभिन्न चिह्न र पाई क्यारेक्टरहरु छन् ।
त्यस्तै ट्रिगाेनाेमेट्रिक र स्टाटिस्टिकलका लागि भने फङ्सन किबाेर्ड (function key) प्रयाेग गर्नु पर्छ । यसमा हिसाब मात्र नभएर गणित पनि सिक्न सकिन्छ । त्यस्तै गणितका विभिन्न समस्याकाे समाधानकाे अभ्यास पनि गर्न सकिन्छ । साइन्टिफिक क्यालकुलेटर बाहेक यसमा ग्राफिङ (graphing), मेट्रिक्स (matrix) क्यालकुलेटर आदि पनि उपलब्ध छन् ।
३. म्याथवे (Mathway)
यस क्याल्कुलेटरमा साधारण गणित, प्रि-एल्जेब्रा (pre-algebra), लाइनर एल्जेब्रा (linear algebra), क्याल्कुलस (calculus), फाइनाइट म्याथ (finite math) आदि फिचर छन्, जहाँबाट हामी गणितका समस्या समाधान गर्न सक्छाैं ।
याे क्याल्कुलेटरकाे अर्काे राम्राे पक्ष भनेकाे यसमा गणितकाे कुनै पनि समस्याकाे फाेटाे खिचेर अपलाेड गर्दा समाधान दिने गर्छ । त्यस्तै यसमा ‘भाेइस कमाण्ड’ (voice command)बाट पनि गणितका प्रश्नहरु टाइप गर्न सकिन्छ ।
४. क्याल्कुलेटर डट नेट (Calculator.net)
याे वेबसाइट धेरै प्रकारका क्याल्कुलेटरहरुकाे संग्रह हाे । यसमा फाइनान्सियल (Financial), फिटनेस एन्ड हेल्थ (Fitness & Health), म्याथ (Math) र अदर (other) शीर्षकमा विभिन्न प्रकारका क्याल्कुलेटर रहेका छन् ।
हामीले प्रयाेग गर्ने भाैतिक क्याल्कुलेटरकाे जस्तै लेआउट भएकाे याे वेबसाइट साधारण देखिन्छ । तर यसबाट हामीले धेरै कुराहरु गर्न सकिन्छ । यसबाट हामीले गणितका फ्र्याक्सन (fraction), रेसियाे (ratio), र्यान्डम नम्बर जेनेरेटर आदि जस्ता कामहरु गर्न सक्छाैं ।
त्यस्तै यसकाे ‘फिटनेस एन्ड हेल्थ’मा बाट बीएमआई (body mass index), क्लाेरिन (calorie), बीएमआर (Basal Metabolic Rate), बडी फ्याट क्यालकुलेटर आदि गर्न सकिन्छ । साथै ‘फाइनान्स’ बाट रेन्ट, रिटायरमेन्ट (retirement), इन्कम ट्याक्स (income tax), लाेन (loan) क्यालकुलेटर आदि प्रयाेग गर्न सक्छाैं ।
५. सिब्लाेल्याब (Symbolab)
याे अनलाइन क्यालकुलेटर शिक्षक र विद्यार्थी दुवैका लागि उपयाेगी हुन सक्छ । यसबाट गणितका समीकरण र समाधान दुवै खाेज्न सकिन्छ । विद्यालय तहका विद्यार्थीलाई हिसाब समाधान बाहेक गणित सिक्नमा पनि याे काममा आउन सक्छ । किन कि यसमा अल्जेब्रा, ट्रिगाेनाेमेट्रिक र क्याल्कुलसका हिसाबहरु एकपछि अर्काे गर्दै समाधान गरिएकाे छ ।
यसमा गणित बाहेक फिजिक्स, केमेस्ट्री, कुकिङ, फिटनेस जस्ता अन्य क्यालकुलेटर पनि छन् । त्यस्तै यसबाट गणितकाे अभ्यास र नाेट पनि टिप्न सकिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
