- Loading...
कस्ताे अवस्थामा नयाँ फाेन किन्ने ?
- पुनहिल डट कम
- २ साल अघि
- १९२ पटक पढिएको

नयाँ मोबाइल खरिद गर्ने कुरामा मानिसको फरक-फरक धारणा हुन्छन् । केही मानिस आफूले बोकिरहेको फोन नचल्ने नभएसम्म नयाँ फोन खरिद गर्न जरुरी ठान्दैनन् भने केही मानिसहरू वर्षैपिच्छे सार्वजनिक हुने अपग्रेडेड फोनहरू खरिद गर्न रुचाउँछन् । यी लगायत नयाँ फोन खरिद गर्ने विषयमा अन्य धेरै कारण हुन सक्छन् । यद्यपि नयाँ फोन खरिद गर्ने सही समय कुन हो त ?
प्रविधिको तीव्र विकासले फोनहरू पनि अपग्रेड हुँदै आउँछन् । यद्यपि त्यस्तो भव्य परिवर्तन भने केही पनि हुँदैन । यो कारणले पनि वर्षैपिच्छे अपग्रेडेड भर्सनको नाममा सार्वजनिक हुने फोन खरिद गरिहाल्नुपर्छ भन्ने छैन । रिभ्यु गिकले केही विषय प्रस्तुत गरेकाे छ, जसलाई ध्यान दिन सके नयाँ फाेन किन्ने उपयुक्त समय पहिचान गर्न सकिन्छ ।
मोबाइलको सुरक्षा अपडेट
मोबाइलको सुरक्षा निकै महत्त्वपूर्ण कुरा हो । हाम्रा धेरै महत्त्वपूर्ण विवरण मोबाइलमा हुने हुँदा यसको सुरक्षामा गम्भीर हुन आवश्यक छ । मोबाइलको सेक्युरिटी अपडेटले फोन र त्यहाँ भएका डेटा दुवैको सुरक्षा गर्छ । कुनै पनि मोबाइल सार्वजनिक भएको मितिदेखि केही वर्षसम्मका लागि अपडेट गर्न सकिने हुन्छ ।
कम्पनीले हरेक मोबाइलमा सीमित समयका लागि मात्र अपडेट उपलब्ध गराउने गर्छ । उक्त अपडेट आउन छोडेपछि भने फोनमा विभिन्न समस्य देखा पर्न सक्छन् । नयाँ अपडेट अथवा अपरेटिङ सिस्टमलाई तपाईँको मोबाइलले सपोर्ट नगर्न पनि सक्छ । यस्तोमा भने नयाँ मोबाइल खरिद गर्नु आवश्यक हुन्छ ।
स्मार्टफोनको काम अहिले फोन गर्नु र मेसेज गर्नुभन्दा पनि धेरै भइसकेको छ । यस्तोमा अपडेटेड स्मार्टफोन बोक्नु उचित हुन्छ ।
टिकाउ ब्याट्री नभएमा
स्मार्टफोन जति पुरानो हुँदै गयो, सबैभन्दा कमजोर हुने भनेको ब्याट्री नै हो । समयसँगै ब्याट्रीको क्षमता पनि कम हुँदै जान्छ । ढिलो चार्ज हुने अथवा ब्याट्री छिटो सकिने समस्या पनि हुनसक्छ ।
यदि फोनमा यस्तो समस्या छ र ब्याट्री परिवर्तन गरेर पनि खास केही फरक देखिएन भने नयाँ फोन खरिद गर्ने बेला भयो भनेर बुझ्दा हुन्छ । मानिसहरू अहिले धेरैजसो समय मोबाइलमा नै व्यस्त हुन्छन् । यसले गर्दा ब्याट्रीको तापक्रम बढ्ने समस्या हुन्छ । यस्ता समस्याहरू देखा परेमा नयाँ फोन खरिद गर्नु उपयुक्त हुन्छ ।
फुटेको फोन
मोबाइलको भित्री प्रणालीको सुरक्षासँगै बाहिरी आवरणको सुरक्षा पनि जरुरी छ । तर कहिलेकाहीँ सावधान हुँदाहुँदै पनि विभिन्न कारणवश मोबाइल फुट्न सक्छ ।
डिस्प्ले फुट्ने, पछाडिको भाग फुट्ने जस्ता केही समस्या कहिले समाधान गर्न सकिन्छ भने कहिलेकाहीँ त नयाँ फोन खरिद गर्न सकिने रकम बराबरकै मर्मत गर्नुपर्ने आवश्यकता हुन्छ । यस्तो अवस्थामा भने नयाँ फोन खरिद गर्नु उपयोगी हुन्छ । तर यदि मर्मत गरेर पनि प्रयोग गर्न सकिन्छ भने त्यही उपाय राम्रो होला ।
नयाँ फिचरहरू
पुरानै अपरेटिङ सिस्टम, फुटेको फोनको मर्मत लगायतका कुराहरूमा हामीले सम्झौता गरे पनि प्रविधिको तीव्र विकास हुने यो समयमा हरेक दिन, हरेक महिना सार्वजनिक हुने नयाँ स्मार्टफोनहरूमा उपलब्ध नयाँ फिचरहरूले पनि मानिसको मन पगाल्नसक्छ ।
केही वर्ष अगाडि किनेको फ्ल्यागशिप फोनको तुलनामा दुई गुणा बढी राम्रा फिचर सुविधासहित नयाँ मिडरेन्जको स्मार्टफोन सार्वजनिक हुनसक्छ । यसको अर्थ बजारमा नयाँ स्मार्टफोन आएसँगै आफ्नो फोन परिवर्तन गर्नुपर्छ भन्ने चाहीँ होइन ।
तर यदि तपाईँ विगत चार वर्षदेखि एउटै स्मार्टफोन प्रयोग गरिरहनु भएको छ, सो फोनले नयाँ अपडेट पनि सपोर्ट गर्न छोडिसकेको छ भने ढुक्क भएर स्मार्टफोन परिवर्तन गर्नसक्नुहुन्छ ।
चार्जर स्ट्यान्डर्ड
पछिल्लो समयमा विद्युतीय उपकरणको चार्जरको विषयलाई लिएर विश्वबजारमा धेरै बहस चलिरहेको छ । अहिले बजारमा निकै चलेको चार्जको स्ट्यान्डर्ड दुई प्रकारको छ; लाइटनिङ र यूएसबी-सी चार्जर । तर अन्तर्राष्ट्रिय निकायहरू अहिले सबै डिभाइसको चार्जिङ पोर्ट एकै प्रकाको हुनुपर्छ भन्ने निचोडमा पुगेका छन् ।
एप्पलले पनि चाँडै नै यूएसबीसी पोर्ट नै प्रयोग गर्ने चर्चा चलिरहेको छ । यस्तोमा अहिले पनि थर्टि पिन कनेक्टर अथवा माइक्रो यूएसबी केबल प्रयोग हुने मोबाइल प्रयोग गरिरहनु भएको छ भने चाहीँ तपाईँले नयाँ फोन खरिद गर्ने बेला भइसकेको छ । बदलिँदो समयसँगै आएका प्रविधि सुहाउँदो फोन बोक्नु नै उचित हुन्छ ।*टिचपानाबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
