- Loading...
मित्रता, प्रेम अनि हनीट्रयाप
- पुनहिल डट कम
- २ साल अघि
- ३३३ पटक पढिएको

सामाजिक सञ्जालबाट हनिट्र्यापिङका घटना दिनहुँ समाचारमा आउने गरेका छन् । तर गुरुग्रामकी युट्युबर आफैंले हनीट्र्याप घटनालाई अगाडी बढाएकी छिन् । ती महिला युट्युबरले एक व्यापारीसँग ८० लाख रुपैयाँ फिरौती लिएको आरोप छ । आरोपी युट्युबरको नाम नमरा कादिर हो। व्यापारीको उजुरीका आधारमा प्रहरीले नमरालाई पक्राउ गरेको हो । जबकि उनका श्रीमान् विराट बेनिवाल भने अझै फरार छन् ।
२४ नोभेम्बर २०२२ मा गुरुग्राम, हरियाणामा बस्ने एक व्यापारीले पुलिसलाई सम्पर्क गरे। त्यसपछि उनी आफैं उजुरी लिएर गुरुग्रामको सेक्टर–५० प्रहरी चौकी पुगे र त्यहाँ गएर घटनाबारे प्रहरीलाई सुनाए । व्यापारीले प्रहरीलाई एक सुन्दर महिलाले चाल खेलेको र उनी उनको जालमा फसेको बताए ।
ती युवतीले पहिले व्यापारीसँग मित्रता गरिन् । त्यसपछि उनलाई आफ्नो मायाको जालमा फसाइन् । तर केही दिनपछि ती सुन्दर युवतीको वास्तविकता बाहिर आयो । व्यापारीलाई ब्ल्याकमेल गर्न थालिन् । त्यसपछि उनलेले उनीसँग लाखौं रुपैयाँ असुलिन् । प्रहरीले व्यापारीको सम्पूर्ण कथा सुनेको छ । उजुरीको पुष्टि गरेर ठगी गर्ने युवतीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
ती सुन्दर युवतीविरुद्ध व्यवसायीले ठगी र ब्ल्याकमेलिङको मुद्दा दायर गरेका छन् । उनको नाम नमरा कादिर हो। जुन सामाजिक सञ्जालमा निकै चर्चित छ । उनको युट्युब च्यानलमा ६ लाखभन्दा बढी सब्सक्राइबर छन् । र इन्स्टाग्राममा उनलाई २ लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका छन् । उनी हेर्दा निकै सुन्दर छिन् । यही कारणले गर्दा कुनै पनि पुरुष सजिलै उनको जालमा फस्न सक्छ। नमरा विवाहित छिन् । उनका श्रीमानको नाम विराट बेनिवाल हो।
प्रहरीलाई दिएको उजुरीमा पीडित व्यवसायीले नमरामाथि गम्भीर आरोप लगाएका छन् । व्यापारीका अनुसार नमराले उनीबाट ८० लाख रुपैयाँ लिएकी छिन् । यो काममा उनका श्रीमान विराट बेनिवालले पनि साथ दिएका थिए । दुवैले उनलाई जबरजस्ती करणीको झूटो मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने गरेका छन् । सोहना रोडस्थित र्याडिसन होटलमा कामको सिलसिलामा नमरा कादिरसँग पहिलो पटक भेट भएको व्यापारीले प्रहरीलाई बताए । उनी युट्युबर हुन् । उनका भिडियोहरू व्यापारीले पहिले हेरेका थिए।
त्यही क्रममा नमराले व्यापारीलाई विराट बेनिवालसँग पनि परिचय गराएकी थिइन् । उनले विराट युट्युबर र साथी भएको बताइन् । सोही भेटमा नमराले व्यापारीको फर्ममा काम गर्न राजी भई २ लाख रुपैयाँ अग्रिम मागेकी थिइन् । त्यसपछि व्यापारीले सोही दिन नमरालाई दुई लाख रुपैयाँ दिए । तर पछि व्यापारीले नमराका लागि विज्ञापनको काम ल्याएर बुझाएपछि उनले हुन्छ भनिन् र थप ५० हजार रुपैयाँ मागेकी थिइन् जुन व्यापारीले आफ्नो खाताबाट ट्रान्सफर गरेका थिए । तर यसपछि पनि नमराले आफ्नो काम गरिनन् ।
व्यवसायीले प्रहरीलाई भने, “काम त बहाना मात्र हो, उसले मलाई मन पराउँछे र मसँग बिहे गर्न चाहन्छे भनी बताएकी थिइ। बहिनीको बिहेपछि मेरो पैसा फिर्ता गर्छु भनेकी थिइ । मलाई पनि मन पर्यो र हामी दुबैजना घुमफिर गर्न थाल्यौं। एक दिन हामी क्लबमा पार्टी गर्न गएको बेला नमरा र विराटले मलाई रक्सी पिउन जबरजस्ती गरे ।”
व्यापारीले थप भने, ‘हामी तीनैजना होटलमा कोठा बुक गरेर सुतेका थियौं । बिहान उठ्ने बित्तिकै नमराले मसँग मेरो कार्ड मागी र उनीहरूले मलाई ब्ल्याकमेल गर्न थाले। मैले नमानेको खण्डमा जबर्जस्ती करणीको मुद्दा हाल्छु भनिन् । म डराए र उनलाई अनुरोध गरें कि हामी साथी हौं र मैले कुनै गल्ती गरेको छैन, त्यसैले उसले यो गर्नु हुँदैन। त्यसपछि विराट बनिवालले हतियार निकालेर आफू उनको पति भएको र उनलाई राम्ररी चिनेको बताए । यदि मैले उसको कुरा सुनिनँ भने, उसले मलाई फसाउनेछ। यो घटनापछि मैले उनको कुरा माने र अहिलेसम्म ७०-८० लाख रुपैयाँसम्मका सामान र नगद लिएको छु, जसको प्रमाण मसँग छ ।
पीडित व्यवसायीले प्रहरीलाई भने, ‘नमराले मेरो फोन लिएर सबै प्रमाणहरू डिलिट गरि फोन रिसेट गरिदिइन् । मेरो पैसा सकिएपछि मैले उनीहरूलाई अहिले मलाई छोड्न भनेँ तर पनि उनीहरूले मलाई धम्की दिएपछि मैले बुबाको खाताबाट ५ लाख रुपैयाँ निकालेँ । त्यसपछि मेरो बुबाले मलाई मेरो पैसाको बारेमा सोध्नुभयो, मैले उहाँलाई कुनै जवाफ दिइन। त्यसपछि उहाँले मेरो खाता जाँच गर्नुभयो, त्यसपछि मैले उहाँलाई सत्य भने। मेरो बुबाले मलाई हनी ट्र्यापमा फसाउने मानिसहरू विरुद्ध प्रहरी उजुरी गर्न सल्लाह दिनुभयो।’
हाल प्रहरीले नमरा कादिरलाई डिसेम्बर ५ मा राति पक्राउ गरेको थियो । त्यसपछि उनलाई डिसेम्बर ६ मा अदालतमा पेश गरिएको थियो । जहाँबाट उनलाई अदालतले ४ दिनको प्रहरी हिरासतमा पठाएको छ । अहिले प्रहरीले आरोपित युवतीलाई सोधपुछ गरिरहेको छ । यससँगै उनका पति विराट बेनिवालको खोजीमा पनि छापा मारिएको छ । नमरा र उनका पति विराट दिल्लीको शालिमार बाग क्षेत्रमा बस्छन्। *डिसीनेपालबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
