- Loading...
पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव आयोजना हुने
- पुनहिल डट कम
- २ साल अघि
- २३५ पटक पढिएको

माघेसंक्रान्ती पर्वको अवसारमा आगामी पुष २८ देखि म्याग्दीमा सातौँ म्याग्दी महोत्सव आयोजना हुने भएको छ ।
पुष २८ देखि माघ ७ गतेसम्म बेनीमा कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ संचालन हुने लागेकाे म्याग्दी उद्योग वाणिज्य संघले विहिबार पत्रकार सम्मेलन गरी महाेत्सवगरी जानकारी गराएकाे हाे ।
संघका अध्यक्ष वेलबहादुर कटुवालका अनुसार स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हाे ।
महोत्सवमा अवसरमा स्थानीय उत्पादन एवं औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, एकल लोक गीत प्रतियोगिता (गण्डकी लोक आईडल), भलिबल तथा बास्केटबल प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुती, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगिता, रत्यौलि प्रतियोगिता, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने महोत्सव मूल समितिले जानकारी दिएको छ ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । स्थानीय उत्पादनलाई विक्रि र प्रचारप्रसार गर्नका लागि निशूल्क स्टलको व्यवस्था गरिएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०५७ सालदेखि संघले महोत्सव लगाउदै आएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
