- Loading...
बालबच्चाका लागि यसरी घरमै तयार गराैं स्कुलको नास्ता
- पुनहिल डट कम
- २ साल अघि
- २३७ पटक पढिएको

एउटा प्रचलित भनाइ छ, ‘हामी जस्तो खान्छौं, त्यस्तै हुन्छौं ।’ बालबच्चाको हकमा यो कुरा अझ महत्वपूर्ण छ । बालबच्चालाई कस्तो बनाउने भन्ने कुरा त्यसैले निर्धारण गर्छ कि, हामी उनीहरुलाई कस्तो खानेकुरा खुवाउँछौं ?
बच्चाको शारीरिक र मानसिक विकास तीव्र रुपमा भइरहेको हुन्छ, जसमा खानपानको मुख्य भूमिका रहन्छ । उनीहरुलाई स्वस्थ, तन्दुरुस्त, फूर्तिलो, जाँगरिलो र सिर्जनशील बनाउन सोही अनुरुपको खानपान जरुरी हुन्छ ।
हो, बच्चालाई सधैं घरको एकथरी खाना रुच्दैन । त्यसैले उनीहरुलाई सकेसम्म फरक-फरक स्वादको खानेकुरा बनाउन सकिन्छ । यस्तो गर्न त्यति झन्झटिलो र असहज पनि छैन । बालबच्चालाई खाजा नास्तामा हरेक दिन केही नयाँ खानेकुरा दिइयो भने उनीहरु खुसीसाथ खान्छन् । यसका लागि खानपानको एउटा तालिका बनाउन सकिन्छ ।
६ दिन ६ प्रकारकै परिकार बनाउन सकिन्छ, जुन पोषिलो र ताजा होस् । यी खानेकुरा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट आदि पोषकतत्वले युक्त भने हुनुपर्छ ।
आइतबार : भुटेको भात
भातलाई घिउ वा तेलमा भुटेर खाजा बनाइदिन सकिन्छ । यस्तो खाजामा सिमी, साग, च्याउ, अण्डा वा मासु पनि मिसाउन सकिन्छ । साथै केराउ, चना जस्ता गेडागुडी मिश्रण गर्न सकिन्छ ।
शुद्ध घिउ वा शुद्ध तोरीको तेलमा भात भुट्नु राम्रो हुन्छ । भातसँगै टिफिन बक्सको अर्को खण्डमा थोरै ड्राइ फ्रुट्स र फलफूल राखिदिन सकिन्छ । मौसमी फलफूल नै हुनुपर्छ । बेमौसमी सागसब्जी र फलफूल खुवाउन हुँदैन ।
सोमबार : रोटी-तरकारी
रोटी-तरकारी पनि राम्रो नास्ता हो । रोटीसँग छिपछिपे रस भएको तरकारी उचित हुन्छ । जस्तो, पनिर-मटर, आलु-काउली, उसिनेको अण्डा र आलु आदि । पनिर, अण्डा, मटरकोसो आदिबाट प्रोटिन पाउन सकिन्छ भने रोटी वा पुरीबाट कार्बोहाइड्रेट । यस्तो खानासँगै थोरै मौसमी फलफूल पनि राख्नु उचित हुन्छ ।
मंगलबार : पास्ता
बालबच्चालाई रेस्टुरेन्टकै स्वादको पास्ता बनाइदिन सकिन्छ । खासगरी सुजीको पास्ता स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । कम तेल राखेर ब्रोकाउली, गाजर, मटरकोसा, भेडे खुर्सानी मिसाएर बनाउन सकिन्छ ।
बजारमा पाइने टोम्याटो गार्लिक सस हालेर ग्रेभी बनाउन सकिन्छ । मासु मन पराउने बालबालिकाको लागि पास्तामा कुखुरा वा माछाको केही टुक्रा मिसाइदिन सकिन्छ । शाहाकारीका लागि भने भुटेको तोफु वा पनिरको केही टुक्रा राख्न सकिन्छ ।
बुधबार : पराठा
उसिनेको आलु, प्याज र काँचो पनिरलाई पिसेर हालेर, उपलब्ध भए दुई टुक्रा चिज र नुन मसला हालेर गहुँको पिठोमा पराठा बनाउन सकिन्छ । यसले आलुबाट कार्बोहाइड्रेट मात्र नभएर पनिर र चिजबाट प्रोटिन पनि पाउन सक्छ ।
बच्चाले आलुको पराठा खान मन गरेको छैन भने मुङ वा मुसुरोको दालको पराठा बनाउन सकिन्छ । त्यसको लागि एक रात भिजाएको दाललाई पिसेर अण्डाको सेतो भाग, थोरै अदुवा र नुन राखेर बनाउन सकिन्छ ।
बिहीबार : स्याण्डविच वा रोल
स्याण्डविच धेरै किसिमको तरिकाले बनाउन सकिन्छ । ब्राउन ब्रेड भित्र काँक्रो, बन्दा, माइनिज सस, गाँजर, स्वादअनुसार नुन, थोरै टोम्याटो सस हालेर माथिबाट अर्को ब्रेड राखेर तावामा तेल वा घिउमा तताउन सकिन्छ ।
अर्को विकल्प भनेको रोटीभित्र मिश्रित तरकारी वा मासु हालेर रोल गरेर बनाउन सकिन्छ । त्यसमा एउटा स्याण्डविच वा रोटीरोल एक भाग राखेर, एउटामा सलाद र अकर्कोमा ड्राइ फुट्स राख्न सकिन्छ ।
शुक्रबार : आलुको चप
आलुको चप पनि ताजा तेलमा पकाउने हो भने स्वस्थ नै मानिन्छ । आलुको चप बनाउँदा उसिनेको आलु, प्याज, चिज, पनिर छ भने पिसेर मिसाउने अनि बेसनको पिठोमा बनाउन सकिन्छ । बनाउँदा फरक-फरक आकारको जस्तै, बच्चालाई मुटुको सेप भएको, कुनै गोलो, कुनै चारकुना परेको जसरी डिजाइन गरेर बनाउन सकिन्छ ।
त्यस्तै मुस्कान दिइरहेको अनुहार पनि बनाउन सकिन्छ । गोलो बनाउने त्यसमा रातो ससले आँखा, नाक र हाँसेको बनाउन सकिन्छ, जुन बच्चाले रमाई-रमाई खान सक्छन् । टिफिन प्याक गर्दा तीनवटा चप, तीनवटा ड्राइ फ्रुट्स र ओट्स मिसिएको कुकिज राख्ने, एउटा स्याउ वा केरा पनि राख्न सकिन्छ । *अनलाइन खवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
