- Loading...
आउँदो ६ महिनाभित्र मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्ने एलन मस्कको घोषणा
- पुनहिल डट कम
- २ साल अघि
- १९५ पटक पढिएको

एलन मस्कको कम्पनी न्युरलिङ्कले अबको ६ महिनाभित्र मानव मस्तिष्कमा चिप राखेर परीक्षण गर्ने भएको छ । बुधबार आयोजित ‘शो एण्ड टेल’ कार्यक्रममा एक प्रस्तुति दिँदै मस्कले ६ महिनाभित्र कुनै मानिसको टाउकोमा चिप प्रत्यारोपण गरिने जानकारी दिए ।
यसको अर्थ चिपमार्फत अब व्यक्तिको दिमाग सोझै कम्प्युटरसँग जोडिनेछ । मस्कले सन् २०१६ मा ब्रेन-इन्टरफेस कम्पनी न्युरोलिङ्क स्थापना गरेका थिए, जो अल्ट्रा हाइ ब्रेन मसिन इन्टरफेस तयार पार्ने कार्यमा जुटेको छ ।
कम्पनीले उक्त परीक्षणका लागि आवश्यक कागजी कार्यहरू संयुक्त राज्य अमेरिकामा चिकित्सा उपकरणहरू नियमन गर्ने खाद्य र औषधि प्रशासनलाई बुझाएको मस्कको भनाइ छ । यसअघि मस्कले उक्त परीक्षण २०२० मा हुने भनेका थिए ।
त्यसपछि २०२२ भित्र परीक्षण गर्ने बताइएपनि अहिले २०२३ का लागि सारिएकाे छ । न्युरलिङ्क कम्पनीको मुख्य उद्देश्य भनेको मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु हो । सोही चिपका माध्यमबाट मष्तिष्कले कम्प्युटर नियन्त्रण गर्न सक्ने कम्पनीको भनाइ छ ।
सन् २०१९ मा मस्कले बाँदरको मस्तिष्कमा चिप प्रत्यारोपण गरी परीक्षण गरेका थिए । उक्त परीक्षणपछि बाँदरले भिडिओ गेम खेलेको भिडिओ इन्टरनेटमा भाइरल भएको थियो ।
त्यस्तै सन् २०२२ मा सँगुरको मस्तिष्कमा चिप प्रत्यारोपण गरी परीक्षण गरिएको थियो । कम्पनीले सार्वजनिक गरेको भिडिओमा प्रत्यारोपणपछि बाँदरलाई कसरी तालिम दिइएको थियो भन्ने कुरा देखाइएको थियो ।
सुँगुरको मस्तिष्कमा चिप प्रत्यारोपण गरेपछि मानवमा पनि उक्त परीक्षण गर्न सकिने कुरामा न्युरलिङ्कका खोजकर्ता विश्वस्त थिए । न्युरलिङ्कको डिभाइस आफैंमा सानो तथा थुप्रै लचिलो ‘थ्रेड्स’ भएका हुन्छन् । जसले गर्दा उक्त डिभाइस मस्तिष्कमा राख्न सकिन्छ ।
“मस्तिष्कमा चिप राख्नु भनेको तपाईँको खोपडीको एउटा टुक्रा झिकेर त्यसमा स्मार्टवाच राख्नु जस्तै हो,” मस्कले उक्त प्रस्तुतिमा भनेका छन् । रोबोटिक्स प्रणाली प्रयोग गरेर चिप प्रत्यारोपण गर्न सकिने न्युरलिङ्कका सहसंस्थापक डीजे सिईले बताएका छन् । *टेकपानाबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
