- Loading...
‘करबाकेली’ कुलपुजा, पुन जाती पहिचानको निरन्तरता
- पुनहिल डट कम
- २ साल अघि
- १९८ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडा स्थित करबाकेली थानमा आयोजना गरिएको पुन समुदायको कुल पुजा छुट्टै जातिय पहिचानकै एक भाग रहेको पुन अगुवाले दावी गरेका छन ।
काफलडाँडामा करवाकेही थान निर्माण, थानमा पुन समुदायको सामुहिक कुलपुजा र पुन समाज संग्रहालय निर्माण पर्यटन प्रवर्धन मात्र नभै पुन जाति पहिचानको मुद्धासँग सम्बन्धीत रहेको यसका अगुवाहरुले जनाएका छन ।
मगर जाति भित्र समावेश भएको पुन समुदायलाई छुट्टै जातिको रुपमा पहिचान गर्न तथ्य, प्रमाणहरुको खोजी क्रममा सांस्कृतिक तथा भाषिक आधार पुष्टी गर्ने क्रममै करबाकेली बाबाको थान निर्माण भएको थियो ।
काफलडाँडा गाउँदेखी तल कालीगण्डकी नदी छेउको भीरको ओढारमा कोरिएका चित्रलाई ‘पुन भाषा लिपी’ को आधार र स्थानीय धामीझाँक्रीहरुको ओखनाको आधारमा पुनहरुले काफलडाँडामा कर्पाकाली कुलायन थान स्थापना गरेका हुन । काफलडाँडामा छुट्टै ८० लाख ३९ हजार खर्चेर पुन समुदायका परम्परादेखी प्रचलनमा रहेका भाँडाकुँडा देखी दैनिक जीवनका सामाहित पुन संग्राहलय पनि बनेको छ ।
कर्पाकाली थान भित्र करबाकेली, उनका श्रीमतिहरु विमला (हिमला), फिमला र छोराहरु रामचन र कुलचनका गरी पाँच वटा मूर्ति राखिएका छन । कर्पाकाली थानमा पाँच मध्य जेठा रामचन र कान्छा कुलचनको पुजा गरिन्छ । रामचनलाई नौ सिङ्गे (कुखुराको भाले) र कान्छा कुलचनलाई दुई सिङ्गे (हाँसेगोरे/सेतो)भेडाको वली दिई पुज्ने गरिन्छ ।
पुन जाती कि पुन मगर जाति ? भन्ने विवाद भैरहेको बेला काफलडाँडामा पुनहरुले कुल पुजा आयोजना गरेका हुन । म्याग्दीको उत्तरी भेगका पुन समुदाय (गर्वुजा, पाईजा, तिलिजा, पुन, फगामी आदी)ले पछिल्लो केही वर्षदेखी काफलडाँडामा रहेको कर्पाकेली थानमा सामुहीक कुल पुजा गर्दै आएका छन ।
‘काफलडाँडामा पुनहरुको कुल देवता करवाकेली थान निर्माण, पुन समुदायको सामुहिक कुल पुजा र पुन समुदायमा परम्परादेखी प्रयोगमा भएका सामाग्री संग्रहित पुन संग्राहलय निर्माण पुन जातिको पहिचानसँग सम्बन्धीत छ’ करवाकेली बाबा संरक्षण समितिका अध्यक्ष चामबहादुर पुनले भने, ‘पुन जातिको पहिचानको मुद्धासँग भाषा (लिपी) पहिचान र सास्कृतिक पहिचानको विषय उठान हुने हुँदा यस क्षेत्रका पुनहरुले बोल्ने भाषा संकलन र प्रचलनमा रहेका संस्कृति संरक्षण गर्न हामी प्रयत्नशिल छौं ।’
मगर जाति भित्र समावेश भएको पुन समुदायलाई छुट्टै जातिको रुपमा सूचिकृत गर्ने अभियानमा जुटेका पुन समाजले करवाकेली कुल पुजाको अवसर पारेर ‘पुन जाति र भाष’ पुस्तक पनि सार्वजनिक गरिएको थियो । पुस्तकमा पुन समुदायमा प्रचलनमा रहेका १ हजार ८ सय ३६ वटा शब्द समावेश गरिएका छन । जुन शब्द अन्य जातिको भाषामा पर्दैनन ।
करवाकेलीलाई आफ्ना पुर्खा मान्ने पुन समुदाय हालको म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मीको उत्तरी भेग, कास्कीको उत्तरपश्चिम, मुस्ताङको दक्षिण र पूर्वी रुकुमको पूर्वी भाग पुन समुदायको बसेबास क्षेत्र र छन्त्याल, खाम मगर जस्तै भोट बर्मेली भाषा परिवारका पुन भाषा रहेको उनीहरुको दावी छ ।
तस्वीर छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
