FLASH NEWS
  • Loading...

रेडक्रस सोसाईटी म्याग्दी सभापतिमा अमर बानियाँ

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२५ पटक पढिएको
रेडक्रस सोसाईटी म्याग्दी सभापतिमा अमर बानियाँ

नेपाल रेडक्रस सोसाईटी म्याग्दीको सोमबार बेनीमा सम्पन्न ३० औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट अमरबहादुर बानियाँ निर्विरोध सभापति चयन भएका छन ।
अधिवेशनबाट उपसभापति महिलामा विष्णुकुमारी रोका, उपसभापतिमा काशीराम रेग्मी, यामबहादुर चोखाल मन्त्री, मोतीराज उपध्याय उपमन्त्री, नवराज पौडेल कोषाध्यक्ष, शिव बानिया उपकोषाध्यक्ष चयन भएका छन ।
त्यसैगरी सदस्यमा राजेन्द्र आचार्य, मुक्ति ढुङ्गना, देविमा रोका, हिरा पुन, निलकुमारी फगामी, टिका घताने, तारानाथ शर्मा, हरी सुवेदी र रेशम बानियाँ निर्विरोध चयन भएको नवनिर्वाचित सभापति अमर बानियाँले बताए ।
अधिवेशनका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले सोमबार एक समारोहका विच उद्घाटन गरेका थिए । अधिवेशनले मन्त्री यामबहादुर चोखाल र कोषाध्यक्ष नवराज पौडेलको प्रगति र आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।