FLASH NEWS
  • Loading...

मिडिया सोसाईटी अवार्ड गौतमलाई

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५४ पटक पढिएको
मिडिया सोसाईटी अवार्ड गौतमलाई

म्याग्दी मिडिया सोसाईटीले यस वर्षकाे मिडिया सोसाईटी अर्वाड संस्थाका सदस्य तथा क्रियाशिल पत्रकार सन्तोष गौतमलाइ प्रदान गरेकाे छ ।

साेसाइटीकाे छैटौँ वार्षिक साधारण सभाकाे अवसरमा अवार्ड प्रदान गरिएकाे हाे । साेसाइटीले अन्नपुर्ण गाउँपालिकाको वडा नम्वर ४ स्थित नारच्याङ झरना छेउमा साधारणा सभा अायाेजना गरेकाे थियाे । साधारण सभाको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले उद्घाटन गरे ।

साधारणसभाले संस्थाका सचिव अमित विश्वकर्माद्वारा प्रस्तुत वार्षिक प्रगति र कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यद्वार प्रस्तुत आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आकर्षक नारच्याङ झरनाको प्रचार प्रसारमा सहयोग पु¥याउने तथा एकदिन नारच्याङ गाउँमा सामुहिक रिपोर्टिङ गर्ने उद्देश्य  छैटौँ साधारणसभा नारच्याङ गाउँमा आयोजना गरिएको सोसाईटीका अध्यक्ष कमल खत्रीले बताए ।

साधारणसभामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, नारच्याङका वडा अध्यक्ष लोक बहादुर फगामी, वडा सदस्य श्याम पूर्जा, अन्नपूर्ण युवा क्लवका अध्यक्ष टेक बहादुर पुन, प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँ, प्रेस युनियनका जिल्ला उपाध्यक्ष धनिलाल गर्वुजा लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।