FLASH NEWS
  • Loading...

बेनी–लभ्लीहिल पदमार्गका रेलिङ धमाधम चोरी हुँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१३ पटक पढिएको
बेनी–लभ्लीहिल पदमार्गका रेलिङ धमाधम चोरी हुँदै

सदरमुकामबाट बेनी नगरपालिका, २ खवरा स्थित लभ्लीहिल पुग्ने ‘मोना–लभ्लीहिल पदमार्ग’मा राखिएको स्टील रेलिङ धमाधम चोरी हुन थालेको छ ।
स्थानीय मानकाजी घिमिरेका अनुसार बेनी–लभ्लीहिलसम्मको ६ सय ३० मिटर लामो सिंढीसहितको पदमार्गको छेउमा राखिएको रेलिङवार चोरहरुले काटेल लैजान थालेका छन ।
‘बेनी–लभ्लीहिल पदमार्ग भीर र जंगलको विचमा छ । बढी चिसो हुने भएकोले यस समयमा पदयात्री पनि कम हुने भएकोले चोरले दिउँसै रेलिङकाटेर लैजाने गरेका छन’ लभ्लीहिलमा रेष्टुरेन्ट संञ्चालन गर्दै आएका ब्यवसायी मानकाजी घिमिरेले भने, ‘हालै दुई जनालाई त हामीले रेलिङ काट्नेक्रममा फेला पारी प्रहरीलाई नै जिम्मा लगायौं ।’
भीर र जंगलको विचमा निर्मित उक्त पदमार्गमा हिउँदयाममा बढी ओसिलो/चिसो हुने भएकोले साँझ–विहान मर्निङवाक गर्ने पदयात्रीको चाप कम हुने भएकोले चोरहरुले साँझको समयमा सडकको डिलमा सुरक्षाकालागी लगाएको रेलिङका स्टिल काटेर लैजाने गरेका छन ।
‘पदमार्गको रेलिङ चोरी भएको भन्ने गुनासो आयो । स्थानीयले शंका गरेका २ जना कवाडीवाला ब्यक्तिलाई ल्यायौं पनि तर उनीहरुले नै लगेको भन्ने कुनै देखिएन । त्यसैले यदी लगेको भएपनि अव त्यसो नगर्न सचेत गरी छोडेका हौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी तिलक भारतीले भने, ‘वर्खा सिजनमा पदमार्गमा खसेको पहिरोले क्षति पुगेको स्थानको १५–२० मिटर जति रेलिङ चोरी भएको रहेछ । खोजी र निगरानी गरिरहेका छौं ।’
बेनी नगरपालिकाले तन्नेरी पुस्ताको शालीन र भद्र शैलीमा मायाँपिरती साट्ने ‘लभ मेकिङ स्पट’ घोषणालगरी प्रेमिल पर्यटकीय गन्तब्य लभ्लीहिल पुग्ने पदमार्ग अप्ठ्यारो भएकोले सजिलो पदमार्ग बनाईएको हो । बेनी–लभ्लीहिल पुग्न ७४ लाख ७३ हजार ६ सय ९ रुपैयाँ लागानीमा बेनी नगरपालिका र म्याग्दी प्रवासी नेपाली संघको साझेदारीमा ‘मोना लभ्लीहिल पदमार्ग’ निर्माण गरिएको थियो ।
‘खवराको डाँडो प्रेम वगैचाको रुपमा विकसित भैरहेको र त्यहाँ पुग्न सजिलो पदमार्ग आवश्यक भएपनि उद्योग वाणिज्य संघको अगुवाईमा बेनी नगरपालिकासँग ५०/५० साझेदारीमा पदमार्ग निर्माण गरेका हौं’ म्याग्दी प्रवासी नेपाली संघ (मोना)का तत्कालिन अन्तराष्ट्रिय समितिका अध्यक्ष चक्रबहादुर थापाले भने, ‘हामीले जीवनका उर्वर उमेर/समय विदेशमा वितायौं तर गाउँमा रहेका तन्नेरी पुस्ताको मर्यादित प्रेमका लागी आर्कषक प्रेम पार्क बन्ने विश्वास छ ।’
लभ्लीहिललाई पर्यटकिय गन्तब्य बनाउन पर्यटन पूर्वाधार विकास समिति पनि सकृय छ । समितिले डाँडाकोमा ५ सय मिटर लामो दुई र तीन लाईन भएको रेलिङ्ग, घामपानीबाट ओत लाग्न गोलघर, छुट्टै १५ वटा विच विचमा आराम कर्ची, र पार्क निर्माण गरेको छ ।
‘केही वर्ष अघिसम्म यो डाँडाको कसैलाई वास्ता थिएन । अहिले युवायुवतीको आकर्षण बढेपछि हामी स्थानियबासी लभर्स हिललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न जुटेका छौं’ समितिका अध्यक्ष ध्रवराज कार्कीले भने, ‘लभर्स हिलको पर्यटन विकास गर्न डिटेल प्रोजेक्ट रिपोर्ट बनाउने क्रममा छौं ।’
लभ्लीहिलबाट पर धौलागिरी हिमश्रृखला मुन्तिर तरेली परेका पहाडको हरिया फाँटको मनोरम दृष्य देखिन्छ । दायाँ र बाँयाकोखाबाट नागवेली भै सलल बग्दै झरेका काली र म्याग्दी नदी । संगममा छ, प्रेमीको सहर बेनी । लभर्स हिलको विचमा पूर्व–पश्चिम फैलिएको जंगल छ । र हत्तपत्त कोही नपुग्ने जंगलका रुख र झाडीमा छेलिएर प्रेम साट्न आतुर वैशालु जोडी झाडीको ओझेलमा मायाप्रीत लगाउन हतारो गर्ने जोडी प्रशस्त भेटिन्छन ।
‘निर्भयपूर्वक चोखो र पवित्र मायाँ साट्ने प्राणीहरुको नैसर्गिक अधिकार हो’ लभ मेकिङ स्पटका अभियन्ता तथा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले भने, ‘सहरीकरणले सार्वजनीक स्थल मासिकोले युवायुवतीलाई छुट्टै प्रेम साट्ने प्रेम पार्क आवश्यक छ । र त्यो लभर्स हिल उपयुक्त छ ।’
लभर्स हिलसम्म बेनीबाट पदयात्रा गर्दा ४० मिनेटमा पुग्न सकिन्छ । मोटरमा पुग्न चाहनेहरुले भने बेनीदेखी हाँडेभिरहुँदै बगरफाँटबाट माथी जंगल भित्र कच्ची सडकको घुम्ती छिचोल्दै १० मिनेटमै पुग्न सकिन्छ ।