FLASH NEWS
  • Loading...

धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०४ पटक पढिएको
धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

दुर्गम धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ ।

भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गरिएको गरे । धवलागिरी गापा वडा नम्बर ३ घट्टेखोलामा पालिका भवन निर्माण हुन लागेको भवनको हाे । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता गरेको थियो ।

तीन तले भवनमा २७ वटा कोठा, एक÷एक वटा सभाहल र बैठककक्ष हुने गाउँपालिकाकाले जनाएकाे छ । निर्माण कम्पनीका प्रतिनिधि कलाधर आचार्यले जग्गा व्यवस्थापनको काम सकेर पिल्लर निर्माण थालेकाे बताए । भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा स्थानीयबाट १४ रोपनी जग्गा निशूल्क प्राप्त भएको थियो ।