FLASH NEWS
  • Loading...

ग्राहक भै गएका ब्यक्तिकाे कुटपीटबाट राखुकाे रूइसेका पर्यटन ब्यवसायी गम्भीर घाईते

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३१ पटक पढिएको
ग्राहक भै गएका ब्यक्तिकाे कुटपीटबाट राखुकाे रूइसेका पर्यटन ब्यवसायी गम्भीर घाईते

रघुगंगा गाउँपालिका, २ भगवतीको रुईसे–भेडीओढार स्थित शिवभ्याली होटलका संञ्चालक शुरेस भण्डारी सेवाग्राहीको आक्रमणमा गम्भीर घाईते भएकाे समाचार ढिलागरी सार्वजनिक भएकाे छ ।
ढिलागरी सार्वजनिक विवरण अनुसार मंसिर २६ गते राती वस्तीदेखी धेरै माथी जंगलको विचमा रहेको भेडिओढार स्थित शिवभ्याली होटलमा बास बस्न गएका सेवाग्राहीले अर्डर गरेपछि सेवा ढिला भएको भन्दै विवादगरी संञ्चालक शुरेश भण्डारीलाई कुटपिट गरेका थिए । अभियुक्तहरू फरार छन । प्रहरीलाइ ढिलासम्म जानकारी नगराइएकाे  उक्त घट्नाकाे पीडितका अाफन्तले फेसवुक मार्फत घट्ना सार्वजनिक गरेका हुन । गुपचुप मिलाउने दवाव बढेपछि पीडित परिवारले हतारमा सामाजिक सञ्जाल मार्फत घट्ना सार्वजनिक गर्ने र प्रहरीमा जाहेरी दिन पुगेकाे हाे ।

कुटपिटबाट घाईते भण्डारीको नाक ६ स्थानमा भाँचिएको, दाहिने आँखामा गहिरो चोट लागेको र पोखरास्थित मेट्रोसिटी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घट्नाको ढिलोगरी पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पीडितका आफन्तले घुगंगा गाउँपालिका, ६ कोटगाउँका राम शेरपुञ्जा (२६), बेनी नगरपालिका, ८ बेनी बस्ने दिपेश मगर (२५) सोही ठाउँबस्ने प्रकाश रोका (२३) विरुद्ध किटानी जाहेरी दर्ता गरेका हुन । थप नामवतन नखुलेका अन्य तीन जना ब्यक्ति पनि घट्नामा संलग्न भएको जाहेरीमा उल्लेख छ ।
‘घट्नाको जानकारी र जाहेरी ढिला प्राप्त भएकोले शुक्रवार साँझ घट्ना सम्बन्धमा किटानी जाहेरी दर्ता भै अभियुक्तहरुको खोजी र घट्नाको अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा अनुसन्धान अधिकृत राजन ढकालले भने, ‘घट्नालाई प्रहरीले गम्भीरतापूर्वक लिएर अनुसन्धान थालेको छ । सवै प्रमाण जुटाउन लागेका छौं ।’
घट्नाको जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेका पीडितका आफन्तले प्रहरीले जाहेरी लिन नमानेको भन्दै शुक्रवार जिल्ला प्रशासन कार्याालय पुगेका थिए । जाहेरी दिन प्रहरी कार्यालय पुगेका एक पीडितका आफन्तका अनुसार प्रहरीले जाहेरी दर्ता गर्न विभिन्न प्रकृया पुरा गर्नु पर्ने भन्दै आनाकानी गरेपछि थप कानुनी सहायता माग्न सिडिओ कार्यालय पुग्नु परेको पीडितका आफन्तले आरोप लगाए ।
‘२६ गते रातीको घट्ना पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार क्रममा त्यहाँ खटिएको प्रहरी मार्फत हामीले २७ गते दिउँसो जानकारी पाएका हौं । र पोखराकै प्रहरी मार्फत २९ गते घाईतेको घाउजाँच फारम मगाई पुस १ गतेसाँझ पीडितको जाहेरी दखास्त दर्ता गरेका छौं’ जिल्ला प्रहरी प्रमुख तिलक भारतीले भने, ‘पीडितले घट्ना प्रहरीलाई जानकारी नगराई स्थानीय स्तरमै मिलाउने प्रयास भएको सुन्दा अनौठो लागेको छ । फौजदारी अभियोग भएकोले जाहेरी दरखास्त दर्ता गर्दा निश्चित विधी र प्रकृया पुरा गर्नु पर्छ । पीडितका आफन्तले प्रकृया नवुझि प्रहरीले जाहेरी लिन मानेन भन्नु भएन नि ।’