- Loading...
काफलडाँडामा पुन समुदायको ‘कर्पाकेली’ पुजा सुरु
- पुनहिल डट कम
- २ साल अघि
- ४४४ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडा स्थित कर्पाकेली थानमा पुन समुदायको कुल पुजा सुरु भएको छ । सोही अवसरमा काफलडाँडामा निर्मित पुन संग्रहालयको पुन समुदायकी प्रथम नायिका तथा सगरमाथा आरोही दिया पुनले एक समारोह विच उद्घाटन गर्ने कार्यक्रम छ ।
म्याग्दीको उत्तरी भेगका पुन समुदाय (गर्वुजा, पाईजा, तिलिजा, पुन, फगामी आदी)ले पछिल्लो केही वर्षदेखी काफलडाँडामा रहेको कर्पाकेली थानमा सामुहीक कुल पुजा गर्दै आएका छन ।
साविकको राम्चे गाविस–७ काफलडाँडाको भीरमा फेला परेको ‘पुन लिपी’को आधार र स्थानीय धामीझाँक्रीहरुको ओखनाको आधारमा पुनहरुले काफलडाँडामा कुलायन थान स्थापना गरेका हुन ।
करवाकेहीको थान भित्र केरबाकेली, श्रीमतिहरु विमला(हिमला), फिमला र छोराहरु रामचन र कुलचनका गरी पाँच वटा मूर्ति राखिएका छन । करबाकेली थानमा पाँच मध्य जेठा रामचन र कान्छा कुलचनको मात्र मूर्ति राखिएको छ । रामचनलाई नौ सिङ्गे (कुखुराको भाले) र कान्छा कुलचनलाई दुई सिङ्गे (हाँसेगोरे/सेतो)भेडाको वली दिई पुज्ने गरिन्छ ।
पुन छुट्टै जाति कि पुन मगर जाति ? भन्ने विवाद भैरहेको बेला काफलडाँडामा पुन समुदायले पुन संस्कार अनुसार कुल पुजा आयोजना गरेका हुन । पुनहरुको कुलायन देवता करवाकेली थान सँगै २२ बेड क्षमताको सामुदायीक होटल पनि नर्माण गरिएको छ । त्यसैगरी त्यस क्षेत्रका पुनहरुको बस्तीमा पाईने घर, गोठमा प्रयोगहुने घरायसी सामाग्री, पुन समुदायको भेषभुषा, संस्कार र संकृति झल्कने सामाग्री संकलन गरी ६५ लाखको लागतमा पुनसंग्राहलय पनि निर्माण भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
