- Loading...
प्रत्यक्षमा चुनाव जितेर सांसद बने श्रीमान्-श्रीमती
- पुनहिल डट कम
- २ साल अघि
- १६७ पटक पढिएको

नेकपा (एमाले) बाट एक दम्पती नै प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधि सभामा सांसद चुनिएका छन्।
एमाले सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य जुली महतोको दम्पती एकै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद चुनिएको हो।
जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्। जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए।
समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन्। उनका श्रीमान् रघुवीर महासेठले मंगलबार धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन्।
रघुवीरले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत पाएका छन्। *सेताेपाटीमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
