- Loading...
अनलाइनमा यी कुराप्रति सावधान हुनुहोस् !
- पुनहिल डट कम
- २ साल अघि
- २१९ पटक पढिएको

तपाइँले बेलैमा ख्याल गर्नुभएन भने सानो प्रलोभनमा पर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आइपर्न सक्छ । त्यसैले समयमै सचेत हुन केही कुराहरूमा ध्यान दिनैपर्छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले यसरी सावधानी नअपनाउँदा मानिसहरू ठगीमा परेको जनाउँदै सचेत हुन आम नागरिकलाई केही टिप्सहरू दिएको छ । ती कुरामा थोरै मात्रै ख्याल गर्न सकियो भने पनि ठूलो क्षति हुनबाट जोगिन सकिने ब्यूरोले जनाएको छ ।
ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायले विगत केही समयदेखि आपराधिक समूह तथा व्यक्तिले प्रविधिको दुरुपयोग गरी विभिन्न बहानामा अनलाइनबाट ठगी गरिरहेको र उक्त अपराधमा दैनिक वृद्धि भइरहेको पाइएकाले सचेत रहन सर्वसाधारणमा अनुरोध गरेका छन् ।
उनले अनलाइनमा चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनी प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स क्लियरेन्स गर्नुपर्ने बहाना बनाई रकम माग गरेमा विशेष सावधानी रहन र प्रहरीमा खबर गर्न आग्रह गरेका छन् ।
ब्यूरोले तपाइँको नाममा अनलाइनमा चिठ्ठा पर्यो भनी विभिन्न बहानामा रकम माग गरेमा, सामाजिक सञ्जाल ट्र्याक गरी उक्त सञ्जालका प्रयोगकर्ताका निकटतम साथी पहिचान गरी रकम माग गरेमा, साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनी ओटिपी कोड माग गरी खाताबाट रकम निकाल्ने जस्ता गतिविधिबाट समेत हुन पनि अनुरोध गरेको छ ।
यस्तै अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र सामान पठाउनु पहिले नै रकम असुल गरी सामान आपूर्ति गर्ने, सामाजिक सञ्जालमा प्रेममा पारेर बैंकको खाता खोल्न लगाई एटिएम कार्ड र ओटिपी कोडलगायतको विवरण लिने, भिडियो भाइरल गरिदिन्छु भनी रकम माग गर्ने तथा क्रिप्टोकरेन्सी वा क्वाइनमा लगानी गरे आर्थिक लाभ हुन्छ भनी रकम माग गर्नेजस्ता गतिविधिप्रति पनि सचेत रहन ब्यूरोले सबैमा अनुरोध गरेको छ ।
यस्ता गतिविधिका कारण रकम ठगीमा पर्ने गरेका व्यक्तिको उजुरी प्रहरीमा आइरहेको र त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको पनि ब्यूरोले जानकारी दिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
