- Loading...
सामुदायिक स्वास्थ्य इकाई स्थापनार्थ महायज्ञ हुँदै
- पुनहिल डट कम
- २ साल अघि
- २२३ पटक पढिएको

म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँवासीले गाउँमै सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ गर्ने भएका छन।
प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको र सरकारी तवरबाट कुनै पहल नभएपनि समुदायले आफै लगानी जुटाउन महायज्ञ गर्न लागेका हुन् ।
सामुदायीक स्वास्थ्य इकाइकालागी जग्गा व्यवस्थापन र भवन निर्माण गर्न मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष दुर्गादत्त अाचार्यले बताए । पुर्णगाउँकाे लक्ष्मीनारायण मन्दिरमा अायाेजित महायज्ञमा स्वामी प्रपन्नाचार्य देवराज सुवेदीले मुख्य कथा बाचन गर्ने भएका छन ।
‘‘सिटामोल किन्ने ठाउँ पनि छैन, बर्षौदेखि आधारभुत स्वास्थ्य उपचारको सेवा सुचारु गराउन पहल गर्दै आएका छौँ, तर अहिलेसम्म कतैबाट पनि सम्बोधन भएको छैन, अब जनता आफै जागरुक भएर लाग्नुपर्छ भन्ने उदेश्यले यज्ञ आयोजना गरेका हौँ’’–अध्यक्ष आचार्यले पीडा सुनाए ।
करिब २३० घरधुरीको बसोबास रहेको पूर्णगाउँका स्थानीयबासीले अहिले प्राथमिक स्वास्थ्य सेवा लिनलाई सवा एक घण्टाको पैदल यात्रा गरि कुहुँ स्वास्थ्य चौकी र बेनी नगरपालिका–५ डडुवाको सामुदायिक स्वास्थ्य इकाईमा पुग्नुपर्ने बाध्यता रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
