- Loading...
पोखरे–चित्रे सडक कालोपत्रे योजना एक वर्षदेखी अलपत्र
- पुनहिल डट कम
- २ साल अघि
- ७०९ पटक पढिएको

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित सडक अन्र्तगत अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरे– चित्रे १८.५ किलोमिटर सडक कालोपत्रे कार्यक्रम अलपत्र छ ।
सडक निर्माण पुरा नहुँदै पुननिर्माण प्राधिकरणले जिल्लामा रहेको आयोजना कार्यान्वयन इकाइ फेजआउट गरेपछि सडक स्तरउन्त गर्ने काम अलपत्र परेको हो ।
सम्झौता अनुसार ०७७ जेठ २२ गतेसम्म कालोपत्रे भैसक्नु पर्ने थियो । तर सडकको भौतिक प्रगती ४५ प्रतिशतमा छोडेर प्राधिकरणले आयोजना कार्यान्वयन इकाइ ०७८ भदौ मसान्त देखी फिर्ता गरेपछि पोखरे– चित्रे सडक स्तरउन्नत योजना अलपत्र परेको हो । प्राधिकरणले सडक स्तर गन्नत गर्ने योजनाको बाँकी काम प्रादेशिक पूर्वाधार कार्यालय म्याग्दीलाई हस्तान्त्रण गर्न खोजेको थियो तर कार्यालयले सकार्न नमानेपछि ०७८ असोज १ गतेदेखी योजना अलपत्र छ ।
प्रतिनिधी सभाकाका निर्वतमान सदस्य भुपेन्द्रबहादुर थापाका पोखरे–चित्रे १८.५ किमी सडक कालोपत्रे स्तरवृद्धी कार्यक्रम कस्ले हेर्ने विवादमा अल्झन पुगेकोले गतवर्ष बजेटविहीन भएको थियो । चालु आवमा भने उक्त सडक संघिय मन्त्रालय अन्र्तगत पोखरा स्थित पूर्वाधार विकास कार्यालय हस्तान्त्रण भै बजेट विनियोजन भएको छ ।
‘गत वर्ष पोखरे–चित्रे सडक हस्तान्त्रणको विवादले बजेट विहिन भयो । चालु वर्षमा उक्त योजना हेर्ने निकाय टुङ्गोगरी ८ करोडबढी बजेट निकासा भैसकेको छ’ निर्वतमान सांसद थापाले भने, ‘म आफैले शिलन्यास गरेको योजना भएकोले पनि मैले निरन्तर चासो राखेको छु । चालु वर्षमा ठेकदारसमेत काममा फर्कन्छन । सोही सडक अन्र्तगत पाउद्वार गाउँ जोड्ने घारखोला पुल पनि अलपत्र परेको थियो, चालु वर्षमा पूर्वाधार कार्यालय पोखरालाई बजेट निकासा भैसकेको छ । छिटोकाम हुने विश्वास गरेको छु ।’
पोखरे–चित्रे १८.५ किमी सडकको भौतिक प्रगति जम्मा ५४ र वित्तिय प्रगति ५२.२५ प्रतिशत मात्र छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएको तत्कालिन समयमा दिएको जानकारी अनुसार सम्झौता १८.५ किमी सडक कालोपत्रे गर्ने उल्लेख भएपनि आयोजनाले समय–समयमा डिजाईन रिभाईजगरी ४.३ किमी ढुङ्गाको सोलिङ, २.३ किमी आरसिसि ढलान र बाँकी ११.५ किमी कालोपत्रे गर्ने भनेको थियो ।
ठेकदारले रिभाईज गरिएको डिजाईन अनुसार पनि ४.३ स्टोन सोलिङ गर्ने भनिएकोमा वैशाख १२ गतेसम्म जम्मा २.२ किमी मात्र सोलिङ भएको छ । तर सोलिङलाई प्रेसर गरी ढुङ्गाको धुलो छर्ने भनिएपनि त्यसो गरिएको छैन । २.३ किमी आरसिसि ढलान गर्नु पर्नेमा ५ सय मिटर मात्र ढलान भएको छ ।
त्यसैगरी ११.५ किमी कालोपत्रे गर्नु पूर्व नाली सहित ६.२५ चौडा सडकमा सव वेस, वेस विच्छाउनु पर्नेमा अझै नाली बनाउने र धेरै खण्डमा भित्तामा रिटेनिङ वालको काम पनि पुरा भएको छैन । सडकका विभिन्न खोल्सामा भलबाढी तर्काउन ९० एमएमका ११ मध्य ४ वटा र ६० एमएमका ३३ वटा ह्युम पाईप राख्नै बाँकी छ ।
आयोजना कार्यान्वयन इकाइको पछिल्लो रिभाईज डिजाईन अनुसार पहिरो जोखिमयुक्त क्षेत्रमा पीच गर्दा वेस, सव वेस मिलाउन १० टनबढीको रोलिङ मेशिलले लोडदिंदा वरपरको पुरै जमिन भाईव्रेट भै थप पहिरो जान सक्ने भएकोले कतै ढुङ्गाको सोलिङ मात्र, कतै ढलान र धेरै पीच गर्ने गरिन लागेको आयोजनाका प्राविधिकले बताए । ढुङ्गा सोलिङ र ढलान ४.४ मिटर चौडा र कालोपत्रे भने डवलकोट ३.७५ मिटर र सिङ्गलकोट ४.५ मिटरको रहने बताईएको छ । *कान्तिपुरमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
