- Loading...
चुनावमा पराजित भएका पूर्व प्रहरीका अनुहारहरू
- पुनहिल डट कम
- २ साल अघि
- १९८ पटक पढिएको

प्रहरी सेवाबाट अवकासपछि राजनीतिमा लागेका केही चर्चित अनुहार प्रतिनिधि सभाको चुनावमा पराजित भएका छन् भने पूर्व आईजीपी ध्रुवबहादुर प्रधान साढे दुई दशकपछि जित हासिल गर्न सफल भएका छन्।
प्रहरी प्रमुखबाट अवकाश लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा जोडिएका ध्रुवबहादुर प्रधान २५ वर्षको पर्खाइपछि सांसद बनेका छन्। नवलपरासी (पश्चिम)-२ बाट प्रधानले नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई १५ हजारको फराकिलो मतान्तरले हराएका हुन्। प्रधानले ३४ हजार ७६४ मत ल्याए भने कँडेलले १९ हजार ५९४ मत ल्याए।
आईजीपीबाट अवकाश पाए लगत्तै राजनीतिमा सक्रिय भएका प्रधानलाई पार्टीमा बलियो पकड बनाए पनि चुनाव जित्न अढाइ दशक लाग्यो। प्रधानको आईजीपीमा बढुवा विवादस्पद बनेको थियो। २०५३ सालमा अच्युतकृष्ण खरेललाई गृह मन्त्रालयको सल्लाहकारमा सरुवा गरेर प्रधानलाई लगिएको थियो। खरेलले सर्वोच्च अदालतमा मुद्दा हालेपछि प्रधानको बढुवा गैरकानूनी ठहरिएको थियो।
प्रधानसँगै अन्य दुई जना पूर्व प्रहरीले चुनाव जितेका छन्। सर्लाही-१ बाट पूर्व प्रहरी निरीक्षक (इन्सपेक्टर) रामप्रकाश चौधरी पनि प्रतिस्पर्धीलाई उल्लेख्य मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य बनेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चौधरी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई हराएर सांसद चुनिएका हुन्। चौधरीले २४ हजार ८३८ मत पाए भने खड्काले १८ हजार ४०४ मत पाए।
सूदुरपश्चिमको अछामबाट प्रदेश सभामा चुनिएका मानबहादुर रावल पनि पूर्व प्रहरी हुन्। उनले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट अवकाश पाएका थिए। अवकाशपछि रावल आफ्ता पिता भैरवसिंह रावलको बिँडो समाउँदै नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए।
उनी यसपाली अछाम २ ‘ख’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। उनले नेकपा (एमाले) का शिवप्रसाद उपाध्यायलाई पराजित गरे। रावलले ११ हजार २१६ मत ल्याउँदा उपाध्यायले आठ हजार ६३४ मत पाए। रावल पूर्वआईजीपी रमेश चन्द ठकुरीका व्याची हुन्।
प्रहरी सेवामा छँदा चर्चा कमाएका उम्मेदवारले भने यसपालीको चुनाव हारेका छन्। आईजीपीबाट अवकाश लगत्तै एमालेमा प्रवेश गरेका सर्वेन्द्र खनाललाई काठमाडौ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले हराए। शिशिरले १४ हजार २०४ मत ल्याए भने सर्वेन्द्रले आठ हजार ९११ मत पाए।
केपी शर्मा ओली नेतृत्वको सरकारले खनाललाई प्रहरी प्रमुखमा पदोन्नती गरेपछि राजीनामा दिएका अर्का पूर्व प्रहरी अधिकृत रमेश खरेल पनि पराजित भए। आफूभन्दा कमजोर कार्यक्षमता भएका खनाललाई प्रहरी नेतृत्व सुम्पिएको भन्दै २०७४ सालमा खरेलले राजीनामा दिएका थिए। सुशासन र भ्रष्टाचार विरोधी अभियानमा संलग्न खरेलले अवकाशको चार वर्षपछि भने आफ्नै अगुवाईमा पार्टी खोले। २०७८ मंसीरमा नेपाल सुशासन पार्टी खोलेका खरेल प्रतिनिधि सभामा काठमाडौं-१ बट उम्मेदवार बनेका थिए।
तर, प्रतिस्पर्धाको सूचीमा भने उनी पाँचौ स्थानमा रोकिए। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यो क्षेत्रमा सात हजार १४३ मत ल्याएर जित्दा खरेलले तीन हजार १२४ मत पाए।
त्यस्तै, अघिल्लो पटक सांसद बनेका पूर्व डीआईजी नवराज सिलवाल पनि यस पटक भने पराजित भएका छन्। ललितपुर-१ बाट चुनाव लडेका एमालेका उम्मेदवार सिलवाल कांग्रेसका उम्मेदवार उदय शम्शेर राणासँग पराजित भएका हुन्। सिलवालले १९ हजार २७८ मत पाए भने राणा २३ हजार ८६२ मत पाएर सांसद बनेका छन्।
समानुपातिक सूचीमा समेत केही प्रहरी अधिकृत अटाएका छन्। तर, त्यसको नतिजा आउन बाँकी छ । *हिमाल खवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
