- Loading...
हिउँचितुवाको फोटो फेक भएको पुष्टि भएपछि सामाजिक सञ्जालबाट कितिया गायब !
- पुनहिल डट कम
- २ साल अघि
- १९९२ पटक पढिएको

गरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँचितुवाको फोटो नक्कली भएको पुष्टि भएपछि उक्त फोटो खिचेको दाबी गर्ने कितिया पावलोस्कि सामाजिक सञ्जालबाट गायब भएकी छन् । आफूले सगरमाथा क्षेत्रमा दुर्लभ हिउँचितुवाको फोटो खिचेको भनेपछि उनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएकी थिइन् ।
उनले आफ्नो सामाजिक सञ्जालका अकाउन्ट इन्स्टाग्राम र फेसबुकमा राखेका फोटोले राम्रो चर्चा पाएका थिए । तर, शनिबार अल्पाइन इन्टरनेसनल म्यागजिन नामक फ्रान्सेली मिडियाले कितियाले सगरमाथामा खिचेको भनेर दाबी गरेको तस्वीर फोटोशप गरेको पुष्टि गरेपछि उनी पुनः चर्चामा आइन् ।
इन्टरनेटमा आलोचित बनेपछि कितियाले सामाजिक सञ्जालका अकाउन्ट बन्द गरेकी छन् । उनको फेसबुक र इन्स्टाग्राम अकाउन्ट अहिले उपलब्ध छैनन् ।
उनको वेबसाइट भने लाइभ छ, जहाँ उनले फोटोशप गरी तयार पारेको हिउँचितुवाको फोटो राखेकी छन् ।
कितिया पावलोस्किको फोटो फेक भएको पुष्टि
म्यागजिनमा प्रकाशित ‘द फेक स्नो लियोपार्ड: फोटोमोन्टेज स्प्रेड अराउन्ड द वर्ल्ड’ नामक एक लेखमा उक्त हिउँचितुवाको तस्वीर नक्कली भएको पुष्टि गरिएको थियो । हिमाल र आरोहीहरूको बारेमा लेख्ने उक्त म्यागजिनमा कितिया वास्तविक फोटोग्राफर पनि होइनन् । तर उनको फोटोशप गर्ने सीप भने उत्कृष्ट रहेको उल्लेख गरेको छ ।
उनी वास्तविक फोटोग्राफर होइनन् भनेर उनको सामाजिक सञ्जालले पनि प्रमाणित गरेको छ । सामाजिक सञ्जालको यो समयमा कुनै पनि फोटोग्राफरले आफ्नो कामहरू सामाजिक सञ्जालमार्फत देखाउन चाहन्छन् ।
तर कितियाको ५० हजार फलोअर भएको इन्स्टाग्राममा भने पाँचओटा मात्र फोटो छन्; एउटा उनको आफ्नै र बाँकी चार उनले खिचेको भनेको हिउँचितुवाको फोटो । उनले खिचेको बताइएको हिउँचितुवाको फोटोमा भने सगरमाथा क्षेत्रको स्थानहरू नै गलत छन् । साथै उनले खिचेको तस्वीरको विवरणको आधार मान्ने हो भने उनले दिएको पृष्ठभूमि र वास्तविक पृष्ठभूमि भने गलत रहेको अल्पाइनको दाबी छ ।
नेपालमा भने यो तस्वीरले निकै चर्चा पाएको थियो । नेपालका सञ्चार माध्यमहरूमा यो फोटो र फोटो खिच्ने अमेरिकी फोटोग्राफरको बारेमा राम्रै चर्चा पनि भएको थियो । यतिमात्र नभएर सामाजिक सञ्जालका प्रयोगकर्ताबीच अमेरिकी फोटोग्राफरले खिचेको तस्वीरमात्र शेयर गर्ने नेपाली फोटोग्राफरले नै खिचेको तस्वीरलाई भने वास्ता नगर्ने भन्ने खालका विवाद पनि उठेको थियो ।
यो विषयले फेसबुक, ट्वीटर, टिकटक सबैतिर स्थान पाएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
