- Loading...
म्याग्दीमा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक : एमाले पहिलो
- पुनहिल डट कम
- २ साल अघि
- २६९ पटक पढिएको

म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम पनि शुक्रबार सार्वजनिक भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रवार दिउँसो सार्वजनिक गरेको मत परिणामअन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको छ। प्रतिनिधिसभातर्फ एमालेको सूर्य चिह्नमा १८,२७३ मत परेको छ भने रूख चिह्नमा १३,६९३ मत परेको छ।
त्यसैगरी हसिया हथौडामा ९,०७० मत परेको छ भने घण्टीमा ३,५७९ मत परेको छ। हलोले १,२५३ मत प्राप्त गर्दा कलममा भने २८५ मात्र मत परेको छ।
त्यसैगरी प्रदेश समानुपातिक तर्फ पनि नेकपा एमाले नै पहिलो पार्टी बनेको छ। नेकपा एमालेको सूर्य चिन्हमा १९,१२१ मत परेको छ भने नेपाली कांग्रेसको रूख चिह्नमा १५,७३३ मत छ।
त्यस्तै माओवादी केन्द्रले ७,४०३ मत प्राप्त गरेको छ भने नेशनल मंगोल अर्गनाइजेशनले १,२४७ मत प्राप्त गरेको छ। राप्रपाले १,१४३ र हाम्रो नेपाल पार्टीले ४९१ मत पाएको छ भने नेकपा एसको कलममा ४८४ मत मात्र परेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले २४९ मत पाएको छ भने जनमत पार्टीले १०९ र नेकपा मालेले १०१ मत मात्र पाएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
