- Loading...
म्याग्दीमा गठबन्धनको विजय उत्सव
- पुनहिल डट कम
- २ साल अघि
- २८६ पटक पढिएको

प्रतिनिधि सभा र प्रदेशसभाका दुवै सिट जितेपछि गठबन्धनले विजयी उत्यासव मनाएकाे छ।
विहिवार सदरमुकाम बेनीमा अायाेजित विजय र्यालीमा विजयी उम्मेदवारसहित हजाराैं समर्थकहरू सहभागी भए ।
काँग्रेसले २३ बर्षपछि जित निकालेकाेले पनि याे जीत उस्कालागी बढी अर्थपुर्ण छ । एक मात्र निर्वाचन क्षेत्र भएको म्याग्दीमा प्रतिनिधी सभामा काँग्रेस र प्रदेश सभा क्षेत्र १ र २ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन ।
प्रतिनिधी सभा सदस्यमा काँग्रेसका खमबहादुर गर्वुजा २४ हजार २१ मतले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरीकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत पाए ।
गर्वुजा तेस्रो प्रयासमा गठवन्धनको सहयोगले प्रतिनिधी सभा सदस्य निर्वाचित भएका हुन । यस अघी ०७० सालमा एमालेका नवराज शर्मासँग र ०७४ सालमा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित भएका थिए ।
०४८ र ०५१ सालमा एमालेबाट पराजित काँग्रेसलाई ०५६ सालमा स्व.नारायणसिं पुनले संसदमा पुर्याएका थिए । २३ बर्षपछि उनै नारायणसिंका चेला खमबहादुर गर्वुजाले तेस्रो प्रयासमा एमालेको विरासत भत्काएका हुन ।
त्यसैगरी गण्डकी प्रदेश सभा म्याग्दी निर्वाचन क्षेत्र (१)मा गठवन्धनबाट माओवादी केन्द्रका हरी भण्डारी १२ हजार ७ सय ४० मत पाएर विजयी भएका छन । भण्डारीका निकटतम प्रतिद्वन्द्वी देवेन्द्रबहादुर कटुवालले ११ हजार ७ सय ६५ मत पाए ।
म्याग्दीबाट प्रदेश क्षेत्र २ बाट माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली विजयी भएका छन । जुग्जालीले ९ हजार ४ सय ५४ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यामबहादुर गुर्वुजाले ९ हजार ३ सय ५३ मतले पछ्याएका थिए ।
गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा पराजित जुग्जाली ०७४ सालका स्थानीय तहमा मालिका गाउँपालिका, ७ विमको वडाध्यक्ष निर्वाचित थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
