FLASH NEWS
  • Loading...

एमालेकाे प्रदेश क्षेत्र २ काे चुनाव प्रचार सभाका कार्यक्रम सकियाे, मतदाताकाे घरदैलाेमा केन्द्रीत

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२२ पटक पढिएको
एमालेकाे प्रदेश क्षेत्र २ काे चुनाव प्रचार सभाका कार्यक्रम सकियाे, मतदाताकाे घरदैलाेमा केन्द्रीत

नेकपा एमालेले मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङमा चुनावी सभाागरी प्रदेश सभा क्षेत्र २ मा चुनाव प्रचार प्रसारकाे अाैपचारिक कार्यक्रम टुंगाएकाे छ ।

देविस्थान र दरवाङमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समग्र जिल्लाको आवाजलाई सदनमा पु¥याई जिल्लाबासीहरुको हितमा काम गर्ने प्रतिवद्धता सहित आफु चुनावी मैदानमा उत्रिएको दावी गरे ।

साेही चुनावी सभालाइ सम्बाेधन गर्दै प्रदेशसभा (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले मराङमा जन्मिएर मराङमै हुर्कि बढेकाे  र म्याग्दीखाेले जनतासंग नजिक रहेर । सवैकाे सुखदुखमा तथा समस्याहरुमा सहयाेग गर्दै अाएकाे छु । कसैलाइ हप्कीदप्की गरेकाे छैन, दुखमा रमिते बनेकाे छैन । द्वन्द्वकालमा पीडितहरूकाे अाशिर्वाद पनि पाएकाेले चुनाव जित्ने दावी गरे ।

त्यसैगरी मंगलवार नै प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेश सभा क्षेत्र १ का देवेन्द्रबहादुर कटुवालले उत्तरी अन्नपूर्णगाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।