FLASH NEWS
  • Loading...

गठवन्धनकाे मंगलाका विभिन्न बस्तीमा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२३ पटक पढिएको
गठवन्धनकाे मंगलाका विभिन्न बस्तीमा चुनावी सभा

गठबन्धनले चुनावी कार्यक्रम अन्तगत मंगला गाउँपालिकाका वडा नम्बर १ का कुँहु ,थाइबाङ ,पुर्णगाउँ र वडा नम्बर २ का हिदी र बाबियाचौरमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको जनाएकाे छ ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेद्वार खमबहादुर गर्बुजाले जिल्लाको पश्चिमी क्षेत्रको विकास ,सुशासन र समृद्धीका लागि  भोट दिएर जिताउन आग्रह गरे । उनले जिल्लाको विकास गर्नका लागि आफुले चुनावी मैदानमा होमिएको बताउँदै विकासका लागि इमानदार ,योग्य र असल उम्मेद्वारलाई चुन्न आग्रह गरेका थिए ।

प्रदेशसभा (ख)का उम्मेद्वार रेशम जुग्जालीले पश्चिम क्षेत्रको विकास र जनताको जिवनस्तरमा सुधार ल्याउने गरी आफुले काम गर्ने  दावी गर्दै   पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने ,गुणस्तरीय शिक्षा ,गुणस्तरीय स्वास्थ्य सेवा लगायत जनताको आधारभुत आवश्यकतालाई प्राथमिकता दिने दावी गरे ।