FLASH NEWS
  • Loading...

एमालेका उम्मेदवारहरूकाे घार, शिख र बिममा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५६ पटक पढिएको
एमालेका उम्मेदवारहरूकाे घार, शिख र बिममा चुनावी सभा

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाइ भाेट माग्दै एमाले म्याग्दीका प्रतिनिधि सभा  सदस्य उम्मेदवार हरीकृष्ण श्रेष्ठ, प्रदेश सभा क्षेत्र १ का उम्मेदवार देवेन्द्र कटुवालले अाइतवार   अन्नपुर्ण गाउँपालिकाकाे घार र शिखमा चुनावी सभा गरेका छन ।

त्यस्तै, एमाले चुनाव प्रचार समितीले अाइतवार नै मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङमा छुट्टा छुट्टै चुनावी सभा गरेका छन । विमकाे चुनावी सभामा  प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा क्षेत्र २ का  उम्मेदवार याम बहादुर गर्वुजाले जनताले दिएको भोटको पैचो विकास र समृद्धिले तिर्ने बताएका छन ।

‘कस्ले के भाषण गर्यो भन्दा पनि तपाइहरूले ०४८ सालयताका सरकारलाइ हेर्नु भएको छ, भोग्नु भएको छ । कुन पार्टीको सरकार वन्दा कस्ता कस्ता लोककल्याणकारी कार्यक्रम ल्यायो सवैले देखेका छौं, भोगेका छौ । हामी अझ राम्रा र जनमुखी विकास कार्यक्रम ल्याउन एमालेलाइ भोट दिनुस’ प्रतिनिधी सभा सदस्य उम्मेदवार श्रेष्ठले भने, ‘हामी चिल्ला कुरा हैन, राम काम गर्न, लोककल्याणका काम गर्न, राष्ट्रियताको संरक्षण गर्न एमालेको सरकार चाहिन्छ भन्ने विश्वास गर्छौं, त्यही आधारमा तपाइहरूसंग भोट माग्न आएका छौं ।’

त्यस्तै एमाले प्रदेश २ का उम्मेदवार यामबहादुर गर्वुजासमेतकाे चुनाव प्रचार प्रसार टाेलीले अाइतवार धवलागिरी गापा, २ लुलाङ र ३ मुनामा छुट्टै चुनावी कार्यक्रम गरेकाे जनाएकाे छ । ति चुनावी सभाहरूमा केन्दिय कमिटी सदस्य म्याग्दि इन्चार्ज भुपेन्द्र बहादुर थापा, केन्दिय सदस्य  नरदेबि पुन ,   संविधान सभा सदस्य नबराज शर्मा, प्रदेश कमिटी सदस्य सुबास बिश्वकर्मा,  थमसरा पुन समेतले एमालेलाइ किन भाेट दिने भनी चर्चा गरेका थिए ।