- Loading...
शिख माविमा स्थगित मतदान पुन:सुचारु
- पुनहिल डट कम
- २ साल अघि
- २८८ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ५ मा पर्ने शिख माध्यामिक विद्यालय मतदान केन्द्रमा विवादपछि स्थगित मतदान चार घन्टापछि ३.४५ बजेबाट पुनःसुचारु भएको छ ।
विवाद मिलाउन मतदान स्थल शिख मावि मतदान स्थल पुगेका जिल्ला अधिकारी चिरिन्जिवी रानाले पुन:मतदान सुरु भएको जानकारी दिए । सामान्य प्राविधिक त्रुटी भएकाे विषयलाइ मतदान अधिकृतले मतदान प्रतिनिधीहरूलाइ बुझाउन नसक्दा केही घन्टा मतदान स्थगित भएकाे थियाे ।
मतदान स्थलमा मटपेटिका राख्दा मत प्रतिनिधी सभा समानुपातिक तर्फको मत पेटिका नं २ राख्नु पर्ने पर्नेमा ४ नम्बर प्रदेश समानुपातिक भोट हाल्ने स्थानमा रहेको र ४ नम्बरको प्रदेश समानुपातिकको भोट खसाल्नु पर्ने मत पेटीका २ नम्बरमा प्रतिनिधी सभा समानुपातिकको भोट हाल्ने स्थानमा परेपछि विवाद भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।
‘मतदान स्थलमा प्रतिनिधी सभा र प्रदेश सभा समानुपातिक लेखिएको स्टीकर टाँसेका पेटिका राख्दा २ नंब्रको पेटिका हुने पर्ने स्थानमा ४ को पेटिका रहेको मात्र हो । मतपेटिकोको स्टीकर फरक परेपनि मतदान प्रकृया र मतपत्र भने ठिक ढंगबाट नै वितरण भएको रहेछ । मतदान प्रतिनिधीलाई कुरा बुझाउन नसक्दा केही घन्टा मतदान स्थगित भएको हो’ प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘केही मत खसेको छ, बाँकी मतदातालाई लाईनमा राख्ने र मतदानमा सहभागी गराउने ब्यवस्था मिलाइएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
