- Loading...
अन्नपूर्णमा गठवन्धनकाे चुनावी सभा, काँग्रेस नेता क्याप्टेन डमबहादुर गर्वजाले गरे बहिस्कार, भोट पनि नहाल्ने
- पुनहिल डट कम
- २ साल अघि
- ६५४२ पटक पढिएको

गठवन्धनले विहिवार अन्नपूर्ण गाउँपालिकाको विभिन्न वस्तीमा आयोजना गरेको चुनावी सभालाइ काँग्रेसका एक प्रभावशाली नेताले बहिस्कार गरेका छन ।
काँग्रेस म्याग्दीका महाँधिवेशन प्रतिनिधी, प्रदेश सभा सदस्य पदमा उम्मेदवार दावी गरेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजाले गठवन्धनको चुनावी कार्यक्रमलाई बहिस्कार गरेका हुन। गर्वुजाले काँग्रेसकै सभापति समेत रहेका प्रतिनिधी सभा सदस्य उम्मेदवारलाइ भाेट पनि नदिने बताए। तर गर्वुजाले प्रतिस्पर्धी एमालेका उम्मेदवार वा अन्य उम्मेदवारलाई सहयोग गर्ने/नगर्ने विषयमा भने बाेल्न मानेनन। वाेल्न मानेनन ।
गठवन्धनले घोरेपानी, शिख र घारमा गरेको चुनावी सभामा गर्वुजा मात्र होईन उनका सहयोगीहरु समेत देखिएनन । गर्वुजाका सहयाेगीहरूले भने यस पटक एमालेका उम्मेदवारलाइ सहयाेग गर्ने बताएका छन ।
‘अस्ती गठवन्धनका मान्छेहरु यहीं (घोरेपानी) कार्यक्रम लिएर आएका थिए । आज तल शिख र घारको चुनावी सभामा पनि बोलाएका थिए । तर मैले म चुनावी कार्यक्रममा पनि आउँदिन, भोट पनि हाल्दिन भनें’ काँग्रेसका अन्नपूर्ण क्षेत्रका नेता गर्वुजाले भने, ‘म काँग्रेस हो तर उम्मेदवार योग्य भएन । त्यसैले भोट नहाल्ने निर्णयमा पुगेको हो ।’
त्यसैविच गठवन्धनले विहिवार शिख, घार र दोवामा चुनावी सभा गरी प्रचार प्रसार कार्यक्रमको औपचारिक सम्पन्न गरेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
