- Loading...
विश्वकप २०२२ फुटबलका रङ्गशाला बनाउँदा २१ सय नेपाली कामदारको मृत्यु
- पुनहिल डट कम
- २ साल अघि
- २३० पटक पढिएको

विश्वकप फुटबलका लागि रङ्गशाला बनाउन खटिएका हजारौं हजार नेपाली कामदारहरुमध्ये २१ सय नेपाली कामदारको मृत्यु भएको तथ्य सार्वजनिक भएकाे छ।
नेपाली कामदारहरुको पीडाबारे विश्वको प्रतिष्ठित अखवार न्यूयोर्क टाइम्सले एउटा प्रमुख स्टोरी प्रकाशित गरी सो कुरा उल्लेख गरेको छ।
‘विश्वकमा विर्सिएको टीम’ शीर्षकमा नोभेम्बर १६ मा प्रकाशित सो समाचारले कतारका रंगशालाहरु सिंगार्न नेपाली कामदारहरुले गरेको मेहनत र उनीहरुले पाएको दुखबारे सप्रमाण उल्लेख गरिएको छ। विश्वकप यही नोभेम्बर २० देखि कतारमा शुरु हुँदैछ।
शम्भु चौधरी नामक कामदारले विश्वकप फाइनल हुने सुन्दर स्टेडियम आफूले बनाएको गर्व गरेको प्रसंगबाट समाचार तयार पार्दै न्यूयोर्क टाइम्सले कतारलाई यत्रो उपलब्धी दिलाउने नेपाली कामदारहरुको पाएको न्यून तलब, कतारको अत्याधिक गर्मीमा गर्नु परेको काम साथै दुखद र वाध्यात्मकरुपमा परदेशिनु परेको पीडालाई उल्लेख गरेको छ।
हजारौं हजारको श्रम शोषण भएको उल्लेख गर्दै अखबारले सन् २०१० यता कतारका एक्काइस सय नेपाली कामदारहरुको मृत्यु भएको तथ्यांक पनि प्रस्तुत गरेको छ। सन् २०१० कतारले विश्वकप आयोजना गर्नका लागि अनुमति पाएको बर्ष हो।
मानवअधिकारवादी संस्थाहरुले हजारौंको संख्यामा कामदारहरु मरेको बताएको भए पनि आयोजक देश कतारले भने ज्यादै कम रेकर्डमात्र देखाएको समाचारमा उल्लेख गरिएको छ। कतारले केबल ३७ जनामात्र कामदारहरु विश्वकप फुटबलको रंगशाला निर्माणका क्रममा मरेको रेकर्ड देखाएको छ।
गरीवी, निराशा र आवश्यकताका बीचमा फसेका नेपालीहरु अहिले बेर्षेनि बैदेशिक रोजगारीको खोजीमा रहेको उल्लेख गर्दै समाचारमा चीन र भारतजस्ता महाशक्तिका बीचमा रहेको तर उद्योग र अवसरहरु नभएको नेपालमा कामदार जनशक्ति भने प्रशस्त भएको र यिनै कामदारको श्रम लिएर कतारको पुननिर्माण भएको पनि जनाइएको छ।
सन् २०१५ मा मात्र २ लाख ४ हजारले कतारका लागि श्रम स्वीकृति पाएको, गतबर्षमात्रै ६ लाख ५० हजार नेपालीहरु श्रमबजारमा खाडी मुलुक गएको र खाडीबाट फर्किने युवाहरुमा मृगौला रोग देखिने गरेको पनि समाचारमा उल्लेख गरिएको छ।
अत्याधिक गर्मीले हृदयघात हुने र यसबाट मर्नेमात्र होइन कि खाडीमा नेपाली कामदारहरुको आत्महत्याको डरलाग्दो स्थिति पनि समाचारमा उल्लेख गरिएको छ।
तारिक पान्जा र भद्र शर्माको संयुक्त वाइलाइनमा प्रकाशित सो समाचारमा नेपालबाट खाडी जाँदा गरिएका स्वास्थ्य परिक्षणका रिपोर्टहरुका उनीहरुको स्वास्थ्य राम्रो देखिने गरेको र यीमध्ये कोही उतै विभिन्न कारणले मर्ने गरेको तथा फर्किने कतिपयमा मृगौलाको समस्या देखिने गरेको र यो २० देखि ४५ बर्षसम्मका युवामा पाइएको पनि डाक्टरलाई उद्धृत गर्दै उल्लेख छ। *डिसीनेपालबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
