- Loading...
यस्ताे हुने छ, अासन्न चुनावमा माैषम
- पुनहिल डट कम
- २ साल अघि
- १८० पटक पढिएको

अासन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे दिन र त्यस अघीका तीन दिन माैषममा प्रभाव पर्ने देखिएकाे छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातकाे संभावना छ । अन्य क्षेत्रमा माैषम वदलिएर चिसाे बढेपनि पानी परिहाल्ने देखिएकाे छैन ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हालको मौसमी विश्लेषण अनुसार, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि २०७९ मंसिर ०२ गते शुक्रबार देखि मंसिर ०४ गते आईतबार सम्मको मौसम पूर्वानुमान यस प्रकार रहेको छ :
२०७९ मंसिर ०२ (शुक्रबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
२०७९ मंसिर ०३ (शनिबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
२०७९ मंसिर ०४ (आईतबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
