- Loading...
मुदी र लुलाङमा एमालेको चुनावी सभा
- पुनहिल डट कम
- २ साल अघि
- १९२ पटक पढिएको

नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जनाएका छन ।
प्रदेशसभा क्षेत्र (ख) निर्वाचन परिचालन कमिटीको आयोजनामा धवलागिरी गाउँपालिका वडा नम्वर २ लुलाङ र ४ मुदीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उम्मेदवार गर्वुजाले चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रको जनताकै हितमा रहेर काम गर्ने बताएका हुन ।
‘ म्याग्दीखाेला र धवलागिरीका जनताको समस्या तथा आवश्यकताहरुसंग म परिचत छु । यहींकाे भुगाेलमा जनन्मिएर हुर्किएकाे हुँ । भौगोलिक अवस्था र स्थानीय श्रोत र साधनको उपलब्धताको आधारमा विकासका कार्यहरु गर्नेछु ’ उम्मेदवार गर्वुजाले भने, ‘ व्यक्तिगत लाभ, स्वार्थ केहि नभई खाली जिल्लाको समृद्धिको अभियानमा लाग्छु । हिजाे पनि मैले सक्ने ठाउँमा सवैलाइ सहयाेग गरेकाे हुँ । भाेली गरिरहन्छु । ’
विपक्षी गठवन्धनका उम्मेदवारले राजधानीमा ब्यवसाय गर्नेले गाउँकाे विकास गर्दैनन भनी गरेकाे अालाेचनाकाे खण्डन गर्दै गर्वुजाले भने, ‘ गठवन्धनका उम्मेदवार खम्वीर गर्वुजाकाे परिवार वेलायत बस्छ, उनी वेलायती सेनाबाट अाएका हुन, माअाेवादी केन्द्रले वुइ चढेका उम्मेदवार मीन श्रेष्ठले विममा कुटाे काेदालाे गर्छन की दग्नाममा बारीमा खेती गर्छन ? ’ गर्वुजाले थपे, ‘ किसानकाे छाेराे हुँ, हिजाे पनि सकेसम्म सवैलाइ सहयाेग गरेकाे छु, कसैलाइ त्रसाएकाे छैन । जहान पाल्न केही समय काठमाणडाैमा ब्यवसाय गरिएहाेला, गाउँ छाेडेर हिंडेकाे छैन ।’
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमानको रक्षा, राजनीतिक स्थायित्व, मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था संचालनका लागि एमालेनै सक्षम भएकाे दावी गर्दै एमालेलाइ मतदान गर्न अाग्रह गरे । केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्ज नरदेवी पुनले समृद्ध नेपालः सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न मंसिर ४ को निर्वाचन पछि देशमा एमालेको सरकार बन्न आवश्यक रहेको बताइन ।
कार्यक्रममा जिल्ला कमिटी उपसचिव थमसरा पुन, सचिवालय सदस्य खरमाया विटालु, जिल्ला सदस्य दिनेश केसी, मदन मल्ल, पालिका कमिटी अध्यक्ष रेशम छन्त्याल लगायतले मन्तब्य राखेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
