- Loading...
धवलागिरी वेस क्याम्पमा एक महिनादेखी २ घोडा/खच्चड अलपत्र
- पुनहिल डट कम
- २ साल अघि
- २८१ पटक पढिएको

प्रतिकुल मौषमको कारण धवलागिरी आधार शिविर असोज २३ गतेदेखी हिउँमा फसेका २ वटा खच्चडको अझै उद्धार हुन सकेको छैन ।
सोही हिमपातमा फसेका १६ जना मजदुरको असोज २५ गते हेलिकोप्टरबाट उद्धार भएपनि धवलागिरी हिमाल आरोहण गर्न गएका पर्यटको सामाग्री वोकेर गएका ४५ खच्चड वेस क्याम्पमै हिउँमा फसेका थिए । ४५ मध्य ४३ वटा मरेको र २ वटा अझै जिवित अवस्थामा फेला परेको धवलागिरी वेस क्याम्प पुगेर फर्केका इन्द्रसिं शेरचनले बताए ।
मुस्ताङ मार्फाका खच्चड चालक माईकल, किरण, बुद्धी, कुमार, प्रकाश, विरबहादुर र सुकलाल परियार ४५ वटा खच्चडमा धवलागिरी आरोहणमा गएका इन्डियन, कोरियन, जापानिज पर्यटकका सामाग्री लिएर मुस्ताङको मार्फाबाट याकखर्क, हिडनभ्याली, फ्रेन्चपासहुँदै धवलागिरी वेस क्याम्प पुर्याई फर्कनेक्रममा फ्रेन्सपासमा भारी हिमपातमा फसेका थिए ।
‘खच्चड त सवै मरेछन । दुई वटा घोडा जिउँदा छन रे । एउटा धवलागिरी आरोहण गएको टोलीका भरियाहरुले केही तल हिडन भ्याली सम्म ल्याई दिएका छन रे । उद्धार गर्न हामी जाने प्रयास गरेपनी याकखर्कदेखी माथी जान सकेनौं । चुकचुक लागेको छ’ मार्फाका माईकल परियारले भने, ‘पछिल्लो पटक धवालागिरी गएको अर्को टोलीका भरियाहरुले फ्रेन्च पासमा अलपत्र घोडाको उद्धार गर्न खोजेपनि नसकेकोले बचेको चामलसमेत खाद्यान्न तिनै घोडालाई छोडेर आएका रहेछन । एक हप्ता भैसक्यो अव त ति पनी मरीसकेहोलान ।’ माईकलले थपे, ‘मैले साँग्रीला कम्पनीको सामान लगेर गएको हुं । म त बाँचें, हाम्रा २८ खच्चड मरे । अलपत्र परेको जीवितमध्य सेतो मेरो घोडा हो ।’
वंगालको खाडीमा विकसित भै नेपाल प्रवेश गरेको मनसुनी वर्षासँगै हिमाली क्षेत्रमा असोज १६–२१ गतेसम्म लगातार पाँच दिन हिमपात भएपछि त्यहाँ पुगेका पर्यटक, सहयोगी र मजदुरहरु हिउँमा फसेका थिए ।
‘धवलागिरी वेस क्याम्पमा सामाग्री पुर्याएर फर्कने क्रममा फ्रेन्चपासमा पुग्दा भारी हिमपात भयो । अगाडी हिडनभ्याली ओर्लन सक्ने अवस्था भएन । चारदिन खानापानी विना फ्रेन्चपासमै बस्यौं । हिमपात रोकिएपछि फर्केर धवलागिरी वेस क्याम्पमा रहेको शेर्पा गाईडहरुको क्याम्पमा आश्रय लिएर बाँच्यौं’ उद्धारपछि मार्फा फर्केका माईकल परियालले भने, ‘हाम्रा ४५ खच्चडमध्य २ वटा अझै जिवित छन रे । उद्दार गर्न जाने योजनामा छौं । मौषम प्रतिकुल छ, कति संभव होला, प्रयास गर्छौ ।’
फाेटाे ः इन्द्रसिं शेरचनकाे फेसबुकबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
