- Loading...
दलका चुनावी सभामा मतदाताको उपस्थिती न्युन
- पुनहिल डट कम
- २ साल अघि
- २७२ पटक पढिएको

आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनले राजनैतिक दललाइ जति चुनवाी हतारो छ, त्यो भन्दा बेशी निर्वाचनका मुख्य र निर्णायक शक्ति कृषकलाई भने धान, कोदो लगाएत खेतीवाली थन्क्याउने चटारो छ ।
कृषकलाई बर्खाभरीको वाली थन्क्याउने चटारो विच चुनाव प्रचार–प्रसार गर्ने चुनावी कार्यक्रम लिएर गाउँ–गाउँ पुगेका दलका कार्यक्रममा मतदाताको उपस्थिती ज्यादै न्युन हुने गरेको छ । चुनावी सभामा उपस्थिती बढाउन सांस्कृतिक गरेपनि मतदाता आर्कषित हुन सकेका छैनन । अझ महिला, दलित समेत सिमान्तकृत समुहको उपस्थिती अझ न्यून छ । तर दलहरुले जनताको उल्लेख्य सहभागिताको दावि दोहोर्याएका छन ।
एक्लै चुनावमा होमिएको एमालेको चुनावी कार्यक्रममा मात्र होईन, सत्तासिन ५ वटा दलको संयुक्त चुनावी सभामा पनि मतदाताको उपस्थिती न्यून छ । कुनै पनि गाउँमा न एमाले न गठवन्धनका सभामा मतदाताको उपस्थिती न्युन छ । कतिपय स्थानमा दलका चुनावी सभामा उपस्थित मतदाताभन्दाबढी आयोजक दलका नेता कार्यकर्ता बढी हुने गरेका छन ।
‘खेतीवाली थन्क्याउने अति ब्यस्त समय भएकोले स्वभावित छ, साँझका कार्यक्रम भन्दा दिउँसोको कार्यक्रममा जनसहभागिता न्यून छ’ बेनी नगरपालिका, १ रत्नेचौर धानफाँटमा कृषकका खेत–खेत डुलेर भोट माग्दै गरेका एमाले जिल्ला सदस्य सन्तोष रावलले भने, ‘भोट माग्न घरदैलो पुगेपनि मतदाता वाली थन्क्याउन ब्यस्त छन । मुखमा आएको वाली थन्क्याउन छोडेर हाम्रो भाषण सुन्न आउ भन्न पनि भएन ।’
यही वेला मौषममा फेरवदल हुने संकेत देखाएको छ । आकाशमा बादल देखिन थालेको छ । चिसो बतास चल्न थालेकोले पानी परिहाल्ला भन्ने कृषक चिन्तित छन । पाकेर काट्न ठिक्क परेको धान, कोदो असिनाले झार्ला भन्ने पीर उस्तै छ । खेतमा पाकेको धान, कोदोवाली थन्क्याउने चटारोले कृषक ब्यस्त भएकोले उम्मेदवारले गाउँ–गाउँमा आयोजना गरेका चुनावी सभामा मतदाताको उपस्थिती न्युन भएको छ ।
‘उम्मेदवार भोट माग्न पनि आएन भन्लान भनेर मात्र गाउँमा चुनाव प्रचार–प्रसारको कार्यक्रम लिएर जाने हो । भाषण सुन्न त जनताको फुर्सद र चासो दुवै छैन । भोट स्थानीय कार्यकर्ताहरुले घरदैलो गरी माग्ने हो’ गठवन्धनबाट चुनावी कार्यक्रममा संलग्न माओवादी केन्द्रका जिल्ला सदस्य शेरबहादुर केसीले भने, ‘कार्यकर्ता र मतदाता दुवैको माग र अपेक्षा धेरै नै वढेको पाएँ ।’
चुनावी सभाहरुले मतदातालाई आर्कषित गर्न नसकेपछि उनीहरुले चुनावी रणनिती परिवर्तन गरी समुह–समुहमा मतदाताको घरदैलो अभियान शुरु गरेका छन । चुनावी सभामा मतदाता भन्दा कार्यकर्ताको भीड बढी हुने छ । रक्सी र माशु खुवाएर भोट प्रभावित पार्ने परम्परागत शैली परिवर्तन गरी ‘स्थानिय समस्या संकलन’ भन्दै उनीहरुले मतदातालाई ‘आर्थिक’प्रलोभन दिने प्रयास पनि छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
