- Loading...
गठवन्धनकाे बेग र भगवतीमा चुनावी सभा
- पुनहिल डट कम
- २ साल अघि
- २२४ पटक पढिएको
गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ ।
चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल गरे ।
सभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजाले अधुरा खानेपानी र सडकका आयोजनालाई पुरा गर्ने दावी गरे ।
‘रघुगंगाको वडा नं. १ बेग, २ राखु भगवती, २ पिप्लेमा एक घर एक धारा खानेपानी आयोजनालाई पूर्णता दिई जनतालाई जिवनस्तरमा सुधार आउने योजनालाई प्राथमिकता दिनेछु ।’ उम्मेदवार गर्वुजाले बताए ।
त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र (१)का उम्मेदवार हरि भण्डारीले गलेश्वर, पिप्ले, भगवती, बेग जोड्ने सडकलाई कालोपत्रे गर्ने योजना अगाडी बढाउने बताए ।
‘गुठी प्रमुख समस्या रुपमा रहेको छ, प्रदेश सभामा पुग्ने अवसर मिलेमा त्यसको लागि आवश्यक निति निर्माण गरि समाधान गर्न म प्रतिबद्ध छु, यस क्षेत्रको सम्रग विकास र युवाहरुलाई आत्मनिर्भर बनाउने मेरो अर्को प्राथमिकता हो ।’ उम्मेद्वार भण्डारीले भण्डारीले बताए।