- Loading...
प्रदेश सभा सदस्य निर्वाचन : मामा-भान्जाकाे राेचक भिडन्त
- पुनहिल डट कम
- २ साल अघि
- १४३९ पटक पढिएको

आगामी मंसिर ४ गते हुने आम निर्वाचन अन्र्तगत गण्डकी प्रदेश सभा म्याग्दी निर्वाचन क्षेत्र (१)मा रोचक चुनावी प्रतिस्पर्धा छ । उक्त क्षेत्रमा एमाले र गठवन्धनबाट रघुगंगा गाउँपालिका, २ भगवतीका एकै वडा र नाताले मामा–भान्जा उम्मेदवार बन्दा चुनाव थप रोचक बन्न पुगेको हो ।
रघुगंगा गाउँपालिका, २ भगवती हटियाका ५७ बर्षिय देवेन्द्रबहादुर कटुवाल आसन्न प्रदेश सभा सदस्यकालागी म्याग्दी प्रदेश सभा क्षेत्र १ बाट नेकपा एमालेका उम्मेदवार छन । स्नातकसम्मको अध्ययन गरेका कटुवाल एमाले म्याग्दीका अध्यक्ष पनि हुन । उनी शिक्षण सेवापछि राजनितीमा होमिएका हुन । कृष्ण प्रावि बान्दुक, मुक्तिधाम माध्यामिक विद्यालयमा राखु र आदर्श मावि रिमामा शिक्षण गरेका कटुवालले ०५४ सालमा शिक्षकबाट राजिनामा दिएर साविक भगवती गाविस अध्यक्ष निर्वाचित भएका थिए । ०३८–०४१ सम्म पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु पाँचौबाट राजनितीक यात्रा थालेका केसी हाल एमाले म्याग्दीका अध्यक्ष छन । केसी ०७४–०७९ सम्म पहिलो जिल्ला समन्वय समितिको अध्यक्ष थिए । केसी सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष भएर पनि काम गरेका थिए ।
रघुगंगा गाउँपालिका, २ राखु सिजलगाउँका ३७ बर्षिय हरीबहादुर भण्डारी गठवन्धनबाट प्रदेश निर्वाचन क्षेत्र १ बाट चुनावी मैदानमा उत्रेका तत्कालिन भगवती गाविस स्तरिय माओवादीको वाईसिएलबाट राजनितीमा सुरू गरी अहिले माअाेवादी केन्द्रका जिल्ला सदस्य र रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष छन । वैदेशिक रोजगारीको शिलसिलामा ०६१ सालमा कतार पुगेका भण्डारी स्वदेश फर्केपछि यातायात ब्यवसायमा जोडिएका थिए । सुरुमा उनी सहचालकहुँदै जीप चालक र अहिले मालिक भएका छन । संघर्षबाट खारिएका भण्डारीले बेनीमा महिन्द्र गाडी र टिभिएस मोटरसाईकल/स्कुटर बेच्ने धवलागिरी क्षेत्रको डिलर र मर्मत गर्ने राराहरी अटो पार्टस चलाउँछन ।
०६२/०६३ को जनआन्दोलनपछि माओवादीबाट राजनितीमा हाम फालेका भण्डारी छोटो समयमा राजनितीमा हस्तक्षेपकारी भुमिकामा उदायका हुन । ब्यवहारमा फरासिला र मिलनसार भण्डारी सहयोगी पनि छन । सामुदायीक वन, युवा क्लव र विद्यालय ब्यवस्थापन समितिमा रहेर सामाजिक काम गरेको अनुभव लिएका भण्डारी उमेर, अनुभव र नाताले मान्यवर प्रतिद्वन्द्वीसँग रोचक प्रतिस्पर्धा चलेको छ ।
एमालेका पुराना, शालिन, भद्र र वौद्धिक उम्मेदवार देवेन्द्रबहादुर कटुवाल विरुद्ध नाताले नजिकका भान्जा हरीबहादुर भण्डारीलाई गठवन्धनले उम्मेदवार बनाएको छ । एमाले उम्मेदवार कटुवालकी आमा र गठवन्धनका उम्मेदवार भण्डारीकी हजुरआमा (आमाकी आमा) सहोदर दिदी बहिनी हुन ।
यो क्षेत्रमा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका पर्छन । गत स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एमाले जितेको छ । रघुगंगामा भने काँग्रेसले जितेको छ । जिल्लामा धेरै मतदाता रहेकोमध्य पर्ने रघुगंगा गाउँपालिका, २ भगवतीमा एमालेले वडाध्यक्ष जितेको छ । चरित्रमा कसैले प्रश्न उठाउन नसक्ने भद्र, शालिन, लामो समय शिक्षण पेशा गरेका, पुर्व भगवती गाविस अध्यक्ष, जिल्ला समन्वय समितिका संयोजक र एमाले जिल्ला अध्यक्ष समेत रहेका देवेन्द्रबहादुर केसीलाई एमालेले उम्मेदवार घोषणा गरेपछि सत्ता गठवन्धनमा दवाव सृजना भयो ।
‘मैले भगवती गाविस अध्यक्षहुदै जिल्ला समन्वय प्रमुख हुँदासम्म भगवतीका धेरै जनालाई कहीं न कहीं केही न केही सहयोगी बनेको छु । वृहत चिमखोला–भगवाती खानेपानी, गलेश्वर–भगवती सडक समेत दर्जनौं योजना मेरो पहलमा भगवतीमा भित्रेका छन । कोटभगवती कोट मन्दीरमा अगाध विश्वास राख्ने पिप्ले, भववती समेत राखुवासीसँग कोटभगवतीको कसर खाएर भन्छु कहिल्यै कसैको अहित गरिन, उप्रान्त पनी गर्ने छैन’ उम्मेदवार रहेका देवेन्द्रबहादुर कटुवालले भने, ‘राजनिती जालझेल हैन, वेईमानहरुले बदनाम गरे । म इमानको राजनितीमा विश्वास गर्छु, दुरगामी प्रभाव पार्ने योजनामा काम गर्छु ।’
एमाले बलियो बन्ने विश्लेषण गरेपछि गठवन्धनमा माओवादीले पाएको प्रतिनिधी सभा सदस्यको टिकट रघुगंगाकै काँग्रेस नेता खमबहादुर गर्वुजालाई दिएर, आफुले प्रदेश निर्वाचन क्षेत्र रोज्यो । र रघुगंगा गाउँपालिका, २ भगवतीका मतदातालाई फुटाउने रणनिती अपनायो । त्यसैले गठवन्धनले मामा विरुद्ध युवा उमेरका भान्जा ‘तुरुप’ हानेको हो । तथापी प्रदेश सभाको पहिलो निर्वाचनमा रघुगंगा गापा, २ भगवतीकै युवा विनोद केसी माओवादी केन्द्रबाटै विजयी भै युवा हुन र नहुनुमा के कति फरक पर्छ भन्ने परिक्षित भैसकेकोले मतदाताले राजनितीमा उमेरले पाका, अनुभवी र विचारले युवा चेत भएका उम्मेदवार आवश्यक भएको बताएका छन ।
‘राजनितीमा ब्यक्ति गौण र सिद्धान्त प्रधान हो । पार्टीको सिपाही भएकोले पार्टी निर्देशनको पालना गरेको हुँ’ गठवन्धनबाट प्रदेश सभा १ का सदस्य उम्मेदवार हरी भण्डारीले भने, ‘हाम्रो कारणले गाउँ/समाज नभाँडियोस । मामा–भान्जा जस्ले जितेपनि गाउँकै जीत हो ।’ भण्डारीले थपे, ‘चुनावी कार्यक्रमको ब्यवस्तताले मामासँग भेट भएको छैन । केही दिन अघि भेट भएको थियो । नमस्कार मामा भनें, कता छ, कार्यक्रम भनी सोधें, उहाँले घरदैलोमा छु भन्नु भयो ।’
मामा–भान्जा आ–आफ्ना चुनावी एजेण्डा बोकेर निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा छन । तर कटुवाल र भण्डारीको उम्मेदवारीलाई दिएर रघुगंगा गाउँपालिका, २ भववती भने नराम्रोसंग द्वन्द्वमा फसेको छ । समाज विभाजित हुँदा हिंसाउन्मुख बनेको छ । स्थानीयका सामाजिक सञ्जालमा ब्यक्ति घोचपेचयुक्त स्टाटस हेर्दा भगवतीको चुनाव विचार, शिद्धान्त र योजनाका आधारमा मत माग्ने भन्दा भाईखलक र रगत, वंशको आधारमा समाज विभाजित हुँदा जन्म–मृत्युसंस्कारका गतिविधीसमेत प्रभावित हुन थालेका छन ।
‘उम्मेदवारद्वय सहजरुपमा लिएर चुनावी मैदानमा शालिन रुपमा प्रस्तुत छन । तर स्थानीय मतदातावीच कित्ताकाट गहिरिएको छ कि कतिपय त वाेलचाल नै नगर्ने तहमा झरेका छन’ स्थानीय धिरेन खत्रीले भने, ‘चुनावमा मामा–भान्जा जस्ले जितेपनि मिलेको समाज भने भाँडिएको छ । मन चुँडिएका छन । यो नराम्रो हो ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
