- Loading...
‘मतपेटिका सहित २०६४ मा हराएको ट्रक अहिलेसम्म फेला परेन’
- पुनहिल डट कम
- २ साल अघि
- २६७ पटक पढिएको

पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले स्वच्छ, निष्पक्ष र भयरहित रूपमा चुनाव सम्पन्न गर्न निर्वाचन आयोग संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।
पहिलो संविधानसभाको उदाहरण दिंदै उनीहरूले अहिले पनि धाँधली नहोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताएका हुन्। पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतपेटिका बोकेको ट्रक नै बेपत्ता पारिएको बताए।
“२०६४ सालमा मतपेटिका बोकेको ट्रक नै बेपत्ता भयो‚” गुरुङले भने, “र, अहिलेसम्म पनि ट्रक फेला परेको छैन।”
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले त्यति वेला प्रहरी समेत मतपेटिका छानबिन गर्न नसक्ने अवस्थामा रहेको बताए। उनले भने, “यति कडा समय थियो, मतपेटिका सम्बन्धी त्यो विषय प्रहरीले अनुसन्धान गरेर निष्कर्षमा पुर्याउनै सकेन।”
त्यति वेला भर्खरै शान्ति प्रक्रियामा आएको नेकपा माओवादीले आफूहरूसँग कसले कहाँ मत दिन्छ भनेर हेर्ने मशिन भएको भनेर मतदातालाई धम्की दिएको सार्वजनिक भएको थियो। माओवादीले २०६४ मा प्रत्यक्षतर्फ २४० मध्ये १२० स्थानमा जितेको थियो।*हिमालखवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
