- Loading...
बेनी नगरपालिकाकाे भकुण्डे र मंगला गाउँपालिकाकाे बाबियाचौरमा एमालेकाे चुनावी सभा
- पुनहिल डट कम
- २ साल अघि
- ४४० पटक पढिएको

नेकपा एमालेका प्नतिनिधी सभा सदस्य उम्मेदवार हरीकृष्ण श्रेष्ठ र प्रदेश सभा क्षेत्र १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले शनिवार बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डेमा चुनावी सभा गरेका छन ।
चुनावी सभालाई एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापा, प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाले मतदातासँग विभिन्न याेजनाकाे विवरण तथा प्रतिवद्धता ब्यक्त गरे ।
तथा एमाले जिल्ला सदस्यद्वय राजेन्द्र श्रेष्ठ, डम्बर सापकोटा र अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, नगर अध्यक्ष नारायण जिसी समेतका वक्ताले मन्तब्य राखे । चुनावी सभा रहँदा उम्मेदवारहरू मतदाताकाे घरदैलाे र कार्यक्रम सुन्न अाएका मतदातासंग भेटेर मत मागेका एमालेले जनाएकाे छ ।
त्यसैगरी प्रदेशसभा (२)का उम्मेदवार यामबहादुर गर्बुजा समेत एमालेकाे प्रदेश २ स्तरिय चुनावी कार्यक्रम मंगला गाउापालिका–२, बाबियाचौरमा सम्पन्न गरेकाे छ । उक्त चुनावी सभालाई एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले सम्बोधन गर्दै देशको सुदृढ विकासका लागि एमाले उम्मेदवारलाई भोट दिएर जिताउन अनुराेध गरिन ।कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, जिल्ला सदस्य प्रगति कार्की र अनेमसंघका अध्यक्ष यशुदा रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष जीवन कार्कीको अध्यक्षता, गाउापालिका कमिटी सचिव चिरन्जीवी शर्माको सञ्चालन र जिल्ला सदस्य सिर्जना केसीको स्वागतमा सम्पन्न भएको थियो ।
टाेलीले शनिवार छुट्टै हिदीमा पनि चुनावी सभागरी मतदातासंग भाेट मागेकाे छ । जिल्ला सदस्य सिर्जना केसीको सञ्चालन, पालिका कमिटी उपसचिव राजु पाण्डेको स्वागत गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
