- Loading...
सदरमुकाम बेनीका मतदातासँग भाेट माग्दै एमालेका उम्मेदवारहरु
- पुनहिल डट कम
- २ साल अघि
- २४५ पटक पढिएको

मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा निर्वाचन क्षेत्र १ का उम्मेदवार देवेन्द्र बहादुर केसीले विहिबार बेनी बजारमा घरदैलो गरि मतदातालाई भोट मागेका छन।
अाैपचारिक रूपमा निर्वाचन प्रचार प्रसार गर्न सुरू भएकाे पिहलाे दिन एमाले उम्मेदवार श्रेष्ठले अाफ्नै जन्मस्थलबाट घरदैलाे गरी अाफन्त र जेष्ठ नागरिकसंग अाशिर्वादसहित भाेट मागेका थिए ।
उम्मेदवार सहितको टोलीमा नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, नेकपा एमाले केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज निवर्तमान प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा, प्रदेश कमिटी सदस्य खुम बहादुर बानियाँ, प्रमोद श्रेष्ठ, जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदी सहभागी थिए।
बेनी नपा, ७ र ८ वडाका का विभिन्न टोलहरु तथा घरघरमा पुगेर मतदाताहरु संग भोट माग्ने क्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका कलाकारहरुबाट नृत्य, कमेडी लगायतको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
