- Loading...
एमालेको पिप्ले र मुदीमा घरदैलो कार्यक्रम
- पुनहिल डट कम
- २ साल अघि
- ३३८ पटक पढिएको

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिादै जाँदा एमाले, गठबन्धन तथा अन्य दल एवं स्वतन्त्र उम्मेदवारले अा-अाफ्ना चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन ।
हिमाली जिल्ला म्याग्दीमा पनि नेकपा एमाले र गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन ।
एमालेले बुधबार रघुगंगा गाउापालिका–३, पिप्लेको विभिन्न टोल तथा वस्तीस्तरमा पुगेर घरदैलोमार्फत मतदातालाई भेटघाट गरी भोट मागेको जनाएको छ ।
एमाले म्याग्दीबाट प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल सहित एमाले नेता, कार्यकर्ताहरुको टोलीले घरदैलो कार्यक्रममार्फत एमाले पार्टी र एमालेका उम्मेदवारलाई भोट मागेको जनाएकाे छ ।
घरदैलो कार्यक्रममार्फत मतदातालाई भेटघाट गर्दै प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले जिल्लाको विकास निर्माण तथा आर्थिक समृद्धिको योजनासहित आफू चुनावमा उठेकाले मत दिएर जिताउन आग्रह गर्नुभयो । उहााले आफू लामो समयदेखि राजनीतिक क्षेत्रमा क्रियाशील रहेको बताउादै यसपटक जनताको सेवा गर्ने चाहनासहित पार्टीमार्फत उम्मेदवार बनेको हुँदा एमालेको सुुर्य चिन्हमा मतदान गरी विजयी बनाउन अाग्रह गरे ।
यसैगरी प्रदेश सभा (२)का उम्मेदवार यामबहादुर गर्बुजा, एमाले धवलागिरि गाउापालिका कमिटी अध्यक्ष रेशम छन्त्याल, निर्वाचन परिचालन समन्वय कमिटी सचिव प्रगति कार्कीसहितको टोलीले मुदीको विभिन्न टोलमा पुगेर घरदैलो गरी मतदातालाई भेटेर भोट मागेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
