FLASH NEWS
  • Loading...

लमजुङकी पत्रकार अधिकारीकाे डेंगी संक्रमणबाट मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६३ पटक पढिएको
लमजुङकी पत्रकार अधिकारीकाे डेंगी संक्रमणबाट मृत्यु

लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगी संक्रमणबाट  निधन भएको छ। २३ वर्षीया अधिकारी लमजुङस्थित रेडियो भोटेवडारको समाचार शाखामा काम गर्थिन्।

बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो।

उनको आज बिहान ६:३० बजे उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकालेर जनाएको छ। शोक विज्ञप्तिमा अधिकारीको निधनले लमजुङको पत्रकारिता क्षेत्रले आशालाग्दो, जुझारू पत्रकार गुमाएको उल्लेख छ।