- Loading...
‘मंसिर चार, ओली सरकार’ -एमाले घाेषणा पत्र
- पुनहिल डट कम
- २ साल अघि
- २८० पटक पढिएको

चुनावमा मतदाता आकर्षित गर्न आम समुदायको ध्यान खिच्न सक्ने व्यक्तिलाई भावी प्रधानमन्त्रीकाे रूपमा अघि सार्ने चलन नेपाली राजनितीमा खास छैन । तर यसपाली एमालेले भावी सरकारको प्रधानमन्त्रीकाे रूपमा ओली नै हुने सोमबार घोषणापत्रमार्फत सार्वजनिक गरेकाे छ । मूल चुनावी नारा ‘मंसिर चार, ओली सरकार’ छ । घाेषणा पत्रमा २० ग्यारेन्टी कार्यक्रम पनि अघि सारेकाे छ ।
विगतमा पार्टी कार्यालय वा कुनै पार्टीका फोरम मार्फत् चुनावी अभियान वा घोषणा पत्र सार्वजिनक गर्दै आएको एमालेले यसपटक भने जमना अनुसार प्रविधी मैत्री शैली अपनायो । डिजिटल प्लेटफर्मको अत्याधिक प्रयोग गरेर सञ्चालन गरि अन्य राजनीतिक दल भन्दा नयाँ प्रविधिको उपयोग गर्न र व्यवस्थित देखाउने कोसिस भएको थियो ।
एमालेले मंगलबार घोषणा गरेका कार्यक्रममा विगतमा ओली सरकारले गरेकै कामलाई उपलब्धीको रुपमा चर्चा गरेको छ । त्यही कामको आधारमा चुनाव लडेको र बाँकी काम गर्नका लागि ओलीकै सरकार आवश्यक पर्ने घोषणा पत्रको मूल् उद्देश्य छ । ४१ महिना सरकारमा नेतृत्व गर्दा गरेका ८२ वटा उपलब्धी एमालेको घोषणा पत्रमा छ ।
एमालेले ३० कार्यक्रमको घोषणा गरेको छ भने र २ सय ४७ वटा प्राथमिकता निर्धारण गरेको छ । लामो समयदेखि विवादको विषय बनेको नागरिकतामा रहेको समस्या ६ महिनामा समाधान गर्ने एमालेले घोषणा गरेको छ । त्यसैगरी आगामी ५ वर्षमा एमालेले गर्ने २० वटा ‘ग्यारेन्टी’का विषय रहेका छन् ।
‘एमालेले जारी गरेको घोषणापत्र यो जनतालाई अल्मल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो,’ घोषणापत्र सार्वजनिक गर्दै उनलेले भने, ‘यो देश विकासको निम्ति एउटा संकल्प हो । देश विकासका निम्ति एउटा प्रतिबद्धता हो ।’
‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा एमालेले अघि सारेको छ । ‘हाम्रो काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकताको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुने छन्,’ एमालेले भनेको छ, ‘सरकार गठन भएको एक महिनाभित्र बंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिने छ । एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुने छ ।’
एमालेले चीनसँग भएको पारवहन सन्धिदेखि चुच्चो नक्सा जारी गरेको विषयलाई पनि घोषणापत्रमा प्रमुखताको साथ ल्याएको छ । त्यसैगरी ५० युनिटसम्म निशुल्क विजुली दिनेदेखि महिलालाई सेनेटरी प्याडका लागि प्रत्येक वर्ष १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने विषय घोषणापत्रमा उल्लेख छ ।
अब यीनै घोषणापत्रका विषय लिएर ओली शुक्रबारदेखि देशव्यापी चुनावी ‘क्याम्पेन’ मा निस्कँदै छन् । जसको सुरुवात सुदूरपश्चिमको दार्चुलाबाट हुँदैछ । एमालेले केन्द्रबाट सञ्चालन हुने सबै चुनावी कार्यक्रमहरु अध्यक्ष ओलीमाथि केन्द्रित गरेर निर्माण गरेको छ । एमालेको अध्यक्ष ओलीले मात्रै कम्तीमा ४० जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने छन् । उनले दैनिक ३ वटा आमसभा सम्बोधन गर्ने गरि कार्यक्रम तय गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
