- Loading...
गठवन्धनका उम्मेदवारत्रयले आचारसंहिता विपरित पैसा बाँडेको उजुरी
- पुनहिल डट कम
- २ साल अघि
- ६६२ पटक पढिएको

आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता प्रभावित बनाउन गठवन्धनबाट उम्मेदवारत्रय विरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएकाे छ।
प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार तथा काँग्रेस सभापति खमबीर गर्वुजाले मालिका गाउँपालिका स्थित सृजनसिल युवा क्लवलाई चुनावचिन्ह अंकित नेपाली काँग्रेसको टिर्सटसमेत युनिफर्म बाँडेको उजुरीमा उल्लेख छ । उजुरीमा गठवन्धनकै माओवादी केन्द्रका प्रदेश सभा १ का उम्मेदवार हरीबहादुर भण्डारी विरुद्ध बेनी नगरपालिका, ६ छापा स्थित छापा युवा क्वललाई १० हजार नगद बाँडेको र प्रदेश सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार रेशमबहादुर जुग्जाली विरुद्ध मालिका गाउँपालिका, ७ स्थित साईनिङ युवा क्लव विममा ७ हजार नगद बाँडेको दावी गरिएको छ ।
‘काँग्रेसका प्रतिनिधी सभा सदस्य उम्मेदवार खमवीर गर्वुजा र माओवादीका प्रदेशसभा सदस्य उम्मेदवारद्वय हरीभण्डारी र रेशमबहादुर जुग्जाली विरुद्ध निर्वाचन आचारसंहिता विपरित टिसर्ट र रकम बाँडेको उजुरी दर्ता भएको छ’ जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय मातहतको आचार संहिता अनुगमन समितिका अध्यक्ष समेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख रामभक्त रानाभाटले भने, ‘समितीको बैठकमा उजुरीका विषयमा छलफलपछि उपयुक्त निर्णय गरिने छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
