FLASH NEWS
  • Loading...

८ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२५ पटक पढिएको
८ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत

जिल्लाका एक सय २० मताना केन्द्र मध्य ८ वटामा महिला मतदान अधिकृत तोकिएको छ ।
निर्वाचन प्रकृयामा समेत समावेशी बनाउने उदेश्यले ८ वटा ठुला मतदान केन्द्रको जिम्मेवारी महिलालाई प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलका अनुसार मुक्तिमार्ग मावि घार ‘ख’, ताकम मावि ताकम ‘क’मा लालमायाँ छन्त्याल, रामचन्द्र मावि अर्जममा करुणा कार्की, राष्ट्रिय मावि नेप्टेचौरमा साधनाकुमारी श्रेष्ठ, पवी थापा मंगला मावि बाबियाचाैर, जनप्रीय मावि दरवाङमा उमादेवी कंडेल, हिमालय आधारभुत विद्यालय पात्लेमा शान्ति खत्री र कारागार अस्थाई मतदान केन्द्रमा अम्बिका शर्मालाई मतदान अधिकृत तोकिएको हो ।