- Loading...
शिख मावि मतदान केन्द्रमा विवादपछि मतदान स्थगित
- पुनहिल डट कम
- १ साल अघि
- २१३ पटक पढिएको
अन्नपूर्ण गाउँपालिका, ५ मा पर्ने शिख माध्यामिक विद्यालय मतदान केन्द्रमा विवाद भएपछि पछिल्लो दुई घन्टादेखी मतदान स्थगित भएको छ
मतदान स्थलमा मटपेटिका राख्दा मत प्रतिनिधी सभा समानुपातिक तर्फको पेटिका नं २ राख्नु पर्नेमा प्रदेश सभा समानुपातिक तर्फको पेटिका नं ४ राखिएको भन्दै गठवन्धनका माओवादी केन्द्र र नेपाली काँग्रेसका प्रतिनिधीले विवाद निक्लेपछि मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।
‘मतदान स्थलमा प्रतिनिधी सभा र प्रदेश सभा समानुपातिक लेखिएको स्टीकर टाँसेका पेटिका राख्दा २ नंब्रको पेटिका हुने पर्ने स्थानमा ४ को पेटिका रहेको मात्र हो । मतपेटिकोको स्टीकर फरक परेपनि मत भने सही फरक परेको होईन, स्टीकर सच्याउन सकिने विषय मात्र हो’ सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले भने, ‘विवादको स्थलगत अध्ययनगरी समस्या सुल्झाउन मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी राना लगाएत सुरक्षा अधिकारी शिख मावि मतदान स्थल तर्फ जानु भएको छ । मतदान सुचारु गर्ने प्रयास जारी छ ।’