FLASH NEWS
  • Loading...

म्याग्दीमा समानुपातिक तर्फ मतगणनामा एमालेको अग्रता

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०७ पटक पढिएको
म्याग्दीमा समानुपातिक तर्फ मतगणनामा एमालेको अग्रता

गत मंसिर ४ गते प्रत्यक्ष तथा समानुपातिक गरी दुई दुई खाले निर्वाचन भएका थिए । प्रत्यक्ष तर्फको मतपरिणाम अनुसार विजयी उम्मेदवार र दल तथा तीनका कार्यकर्ता विजयउत्सवमा ब्यस्त छन ।
आम मतदाताले प्रत्यक्ष तर्फको मत गणना सकिएपछि सवै चुनाव सकिएको ठानेका छन । तर उत्किकै महत्वपूर्ण समानुपातिक तर्फको मतगणना भने ओझेलमा छन ।
प्रतिनिधी सभा समानुपातिक तर्फको मतगणनाको प्रारम्भीरक मत परिणाम अनुसार म्याग्दीमा एमालेले अग्रता लिएको छ ।
मुख्य निर्वाचन कार्यालयका अनुसार समानुपातिक तर्फ विहिवार साँझ ४.५० बजेसम्म गणना भएका १९ हजार २ सय ५१ मतमध्य एमालेले ६ हजार ८ सय ५८ मत, काँग्रेसले ५ हजार ४ सय २ मत, माओवादी केन्द्रले ३ हजार ४ सय १० मत, राप्रपाले ४ सय ९४ मत, नेकपा एसले ७२ मत, जनमोर्चाले २४ मत पाएका छन । समानुपातिक तर्फ सहभागी ३८ दलमध्य ३ वटा दलले शुन्य मत पाएका छन ।