FLASH NEWS
  • Loading...

म्याग्दीमा मध्यान्न १२ बजेसम्म २१ प्रतिशत मत खस्यो

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११८ पटक पढिएको
म्याग्दीमा मध्यान्न १२ बजेसम्म २१ प्रतिशत मत खस्यो

मध्यान्न १२ बजेसम्म जिल्लामा २१ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलका अनुसार जिल्लाभर शान्त पुर्वक निर्वाचन भैरहेको छ ।
अधिकृत पौडेलका अनुसार बेनी नगरपालिका, ६ स्थित जामुनाखर्क माध्यामिक विद्यालय मतदान केन्द्रमा प्राविधिक त्रुटीले प्रतिनिधी सभा समानुपातिक तर्फको मतपेटिकामा खसाल्नु पर्ने १५–२० भोट प्रदेश समानुपातिक तर्फ खसेपछि खसेका मतपत्रलाई ‘निमेदा मत’ मानेर मतदानलाई सुचारु गरिएको छ ।
त्यसैविच, कारागार कार्यालय मतदान केन्द्रमा उपस्थित र मतदाता नामावलीमा नाम भएका सवै मत खसेका छन ।
मतदाता नामावलीमा नाम रहेका कारागारका २४ जना बन्दी, मतदान अधिकृत समेत ३ जना कर्मचारी, १ जना स्वयंसेवक, म्यादी प्रहरी ५ र सुरक्षाकर्मी ३ जनागरी ३६ मत खसेको मतदान अधिकृत अम्बिका शर्माले बताईन ।
निर्वाचन कार्यालयले उक्त मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी भन्दापनि धेरै जिल्ला भरका ८ सय ६६ जना कर्मचारीको नामावली मतदाता नामावलीमा समावेश गरी पठाएको थियो ।
‘कारागार कार्यालयमा मतदाता नामावलीमा रहेका सवै कैदी/बन्दी, कर्मचारी र सुरक्षाकर्मीले मतदान गरिसके । तर प्राविधिक कारणले जिल्लाभरका कर्मचारीको नामावली यहींको मतदान केन्द्रमा दोहोरिएकोले प्रतिशत थोरै देखिएको छ ।’ मतदान अधिकृत शर्माले बताईन ।